चेन्नइ, वैशाख ९ । इन्डियन प्रिमियर लिग आइपिएलमा कोलकत्ता नाइट राइडर्सलाई १८ रनले हराउँदै चेन्नइ सुपर किंग्स तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।
मुम्बइस्थित वाङखेडे रंगशालामा भएको खेलमा निर्धारित २० ओभरमा मात्र तिन विकेट गुमाएर चेन्नइले २ सय २० रनको विशाल योगफल बनायो । पहिलो विकेटका लागि ओपनरद्धय रुटुराज गैकवाड र फाफ दु प्लेसिसीले १ सय १५ रनको ठुलो सुरुवात दिलाए ।
यो जोडीले १५ चौका र ८ छक्का प्रहार गरी चेन्नइलाई विशाल योगफल तर्फ अग्रसर बनाएका हुन् । फाप दु प्लेसी ९५ रनमा अविजीत रहँदा गैकवाडले ६४ रनको अर्धशतकिय पारी खेले । गैकवाडले अघिल्ला तीन खेलमा समग्रमा २० रन मात्र बनाएका थिए । मोहिन अलीले २५ तथा कप्तान महेन्द्र सिंह धोनीको १७ रनको योगदान रह्यो । जवाफी ब्याटिङमा उत्रिएको कोलकत्ताले ३१ रन बनाउँदा ५ विकेट गुमाएको थियो ।
दिपक चाहरले सुरुवाती तीन सहित २९ रन खर्चिएर चार विकेट लिएका थिए । त्यसपछि मैदानमा आएका आन्द्रे रसेलले आक्रमक पारी खेल्दै २२ बलमा ५४ रन, दिनेश कार्तिकले ४० र प्याट कमिन्सले ६६ रनको अविजीत पारी खेलेपछि टिमलाई सम्मानजनक स्कोर दिलाएका हुन् । अन्तिम ओभरको पहिलो बलमा सबै विकेट गुमाएर कोलकत्ताले २ सय २ रनको योगफल बनाएको थियो ।