काठमाडौं, भदौ १ । सानिमा बैंकले सानिमा दिर्घायु बचत योजना अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ । बैंकको खातावाला हिमप्रकाश घर्ती पुनको दुर्घटना भई मुत्यु भएकोले उहाँका हकवाला श्रीमती तनमाया घर्ती पुनलाई सानिमा दिर्घायु बचत योजना अन्तर्गत १० लाख रुपैंयाँ दुर्घटना बीमा रकम प्रदान गरिएको हो । बीमाको रकम श्रीमती तनमाया घर्ती पुनलाई सानिमा बैंक, अमरसिंह शाखाका शाखा प्रबन्धक वीरेन्द्रलाल श्रेष्ठले प्रदान गर्नुभयो ।
मृतक हिमप्रकाश घर्ती पुनले सानिमा बैंक अमरसिंह शाखामा सानिमा दिर्घायु बचत खाता खोलेका थिए । सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बीमा, तीन लाखसम्मको छ वटा जटिल रोगको उपचार बीमा, ५० हजार सम्मको स्वास्थ्य बीमा र पाँँच हजार सम्मको स्वास्थ्य जाँच सुविधा प्रदान गर्दे आइरहेको छ । बैंकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९५ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।