Kath khabar
आइ.सि.एफ.सि. फाइनान्सको नायब प्रमुख कार्यकारी अधिकृतमा अमित श्रेष्ठ नियुक्त

काठमाडौं, भदौ १ । आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृतमा अमित श्रेष्ठलाई यही भदौ एक गते अर्थात आज मंगलबारदेखि नियुक्त गरेको छ । उहाँले विगत १३ वर्षदेखि आइ.सि.एफ.सि. फाइनान्समा विभिन्न विभागहरुमा रहेर काम गरिरहनुभएको छ । श्रेष्ठले आफ्नो बैंकिङ करियरको सुरुवात नेपाल एसबिआई बैंकबाट गर्नुभएको हो । श्रेष्ठले काठमाण्डौ युनिभर्सिटीबाट एमबीए गर्नुभएको हो ।

उहाँको बैकिङ क्षेत्रमा १९ बर्षको अनुभव रहेको छ । आइ.सि.एफ.सि फाइनान्स लिमिटेडमा उहाँ नायव प्रबन्धक पदबाट आफ्नो कार्यभार सम्हाल्नुुभएको थियो । यस फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा सुनिल पन्त, नायव महाप्रबन्धकमा लक्ष्मण प्रसाद जैसी तथा वरिष्ठ प्रबन्धकमा संजय थपलिया रहनुुभएको छ ।   
 

प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update