काठमाडौं, वैशाख ९ । इंग्लीस प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिवालाले युरोपियन सुपर लिगको अध्याय समाप्त भएको बताएका छन् । लिग अन्तगर्त एस्टोन भिल्ला माथि दुइ एक गोलको जित हात पारेपछि सुपर लिगको संस्थापक क्लब सिटीका प्रशिक्षक ग्वार्डीवालाले यस्तो अभिव्यक्ति दिएका हुन् । सिटी सुपर लिगको नेतृत्व गर्ने १२ युरोपेली ठुलो क्लब मध्य एक हो । यी क्लबले रेलिगेशन विनाको सुपर लिग आयोजनाको प्रस्ताव राखेका थिए ।
लिगको मर्म नै मर्ने गरी अनाधिकृत प्रतियोगिताको घोषणा गरेपछि विश्व फुटबलको सर्वच्च निकाय फिफा, युरोपेली फुटबल महासंघ युएफा, त्यहाँका सरकार, समर्थक लगायतले पैसाको प्रलोभनमा फुटबलको सुन्दरता खोस्न खोजेको आरोप लगाएका थिए । सिटी सहित ९ क्लबले भने प्रतियोगिताबाट आफ्नो नाम झिकिसकेको छ । साथै उनले एस्टो भिल्लामाथि जित हात पारेपछि आफ्नो टिम उपाधीको धेरै नजिक रहेको अभिव्यक्ति दिएका छन् ।
दुवै टिमका एक एक खेलाडीले रातो कार्ड पाएको खेलमा पहिलो हाफमै सबै गोल भएका हुने । पहिलो मिनेटमै जोन म्याकगिनले गोल गरि घरेलु टोलीलाई अग्रता दिलाए । फिल फोडेनले २२ औं मिनेटमा खेललाई बराबरी ल्याए । चालिसौं मिनेटमा रोद्रीले गोल गरेपछि पाहुना टोली सिटीको दुइ एक गोलको जित सुनिश्चित भएको हो । सिटी ७७ अंकका साथ तालिकाको शिर्ष स्थानमा छ ।