Kath Khabar
नेपालमा थप ३३७४ जनामा कोभिड १९ को संक्रमण पुष्टि

काठमाडौँ, भदौ १ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २भ्४ घण्टामा नेपालमा थप तीन हजार तीन सय ७४ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुबाट कुुल १७ हजार छ सय ८९ वटा स्वाब नमुनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमितहरु भेटिएका हुुन् ।

यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या ३९ हजार आठ सय ७१ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट देशभर २७ जनाको मृत्यु भएको छ । यस अवधिमा एक हजार नौ सय २९ जना कोभिड १९ को संक्रमणबाट मुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा भने एक हजार ३३ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । सो मध्ये काठमाडांै जिल्लामा छ सय ७३, ललितपुर जिल्लामा दुई सय १९ र भक्तपुरमा एक सय ४१ जना संक्रमित थपिएका हुुन । यो समेत गरी काठमाडौ उपत्यकामा सक्रिय संक्रमितहरुको कुुल संख्या ११ हजार सात सय ७४ जना पुुगेको छ ।  

प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update