चेन्नइ, वैशाख ९ । इन्डियन प्रिमियर लिग आइपिएलमा सनराइजर्स हैदरावादले पहिलो जित हात पारेको छ । आज चेन्नाइमा भएको खेलमा हैदरावादे पञ्जाव किंग्स माथि ९ विकेटको विशाल जित हात पारेको हो ।टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाव, अन्तिम ओभरको चौथो बलमा सबै विकेट गुमाइ एक सय २० रनमा समेटियो । पञ्जाव कुनै पनि खेलाडी बिच गतिलो साझेदारी हुन सकेन् ।
मयांक अग्रवाल र सारुख खानले समान २२ –२२ रन जोडे । बलिङ तर्फ खालिद एहमदले २१ रन खर्चिएर सर्वाधिक तीन विकेट लिंए । अभिषेक शर्माको नाममा दुइ विकेट रह्यो । एक सय २१ रनको झिनो लक्ष्य एक विकेट गुमाएर हैदरावादले ८ बल बाँकी हुँदा पुरा गर्यो । उसको जितमा जोनी ब्र्रेस्टोले ६३ रनको शतकिय पारी खेले । ५६ बलको सामना गर्दा उनले तीन छक्का र तीन चौका प्रहार गरेका थिए । ब्रेस्टोले ४८ बलमा अर्धशतकीय पारी बनाएका हुन् ।
यो उनको टि–ट्वान्टी इतिहासमै सबै भन्दा सुस्त अर्धशतक हो । यस्तै कप्तान तथा ओपनर डेविड वार्नरले ३७ रनको पारी खेल्दा केन विलियमशनले १६ रनको योगदान गरे । चार खेलमा पहिलो जित हात पारेको हैदरावादले दुइ अंक जोड्दै पाँचौ स्थानमा उक्लेको छ ।