नेपालमा थप ३४०३ जनामा कोभिड १९ को संक्रमण पुष्टि
४२ जनाको मुत्यु, देशभर दुई हजार एक सय चार जना संक्रमणमुक्त
काठमाडौं, भदौ २ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप तीन हजार चार सय तीन जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुबाट कुुल १६ हजार आठ सय ३८ वटा नमुनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमितहरु भेटिएका हुुन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितहरुको कुुल संख्या ४० हजार तीन सय ३८ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाम नेपालम कोभिड १९ को संक्रमणबाट थप ४२ जनाको मृत्युु भएको छ । यसअवधिमा कोभिड १९ को संक्रमणबाट मुक्त हुनेहरुको संख्या भने दुई हजार एक सय चार जना पुगेको छ ।
प्रकाशित मिति: बुधबार, भदौ २, २०७८ १७:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय