काठमाडौं, भदौ ३ । सिद्धार्थ इन्स्योरेन्सको सञ्चालक समितिले विरेन्द्र वैदवार क्षेत्रीलाई चार वर्षको लागि पुनःप्रमुख कार्यकारी अधिकृतमा नियुक्ती गरेको छ । सिद्घार्थ इन्स्योरेन्समा बरिष्ठ प्रबन्धकबाट सेवा आरम्भ गरी कायम मुकायम प्रमुख कार्यकारी हुँदै, चार वर्षे प्रमुख कार्यकारीको जिम्मेवारी सफलतापुर्वक पुरा गरेका क्षेत्रीलाई दोस्रो कार्यकाल चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती गरेको हो ।
पूर्वाञ्चल विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तहसम्मको अध्ययन पुरा गरी भारतीय बीमा संस्थानबाट एफआईआईआई उपाधी हासिल गरेका क्षेत्री अन्डरराइटिङ, जोखिम व्यवस्थापन, बजार व्यवस्थापन विषयमा विशेष दखल राख्ने व्यक्तिकोरुपमा परिचित रहेकाछन् भने संस्थागत सुशासनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नेे प्रशासककोरुपमा चिनिनुहुन्छ ।