काठमाडौं, भदौ ५ । विश्वकप क्रिकेट लिग टु अन्तर्गत ओमान र अमेरिका सम्मिलतम त्रिकोणात्मक सिरिजका लागि नेपालले अन्तिम टोलीको घोषणा गरेको छ । १७ वर्षिय तीव्रगतिका वलर गुल्शन झाले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाउनु भएको छ ।
नेपाल क्रिकेट संघले आज गुल्शनलाइ समेट्दै त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी संग्को खेलका लागि १७ खेलाडीको नाम सार्वजनिक गरेको हो । गुल्शनले गत फाुगनमा भएको मेयर्स कपमा उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो । नेपाल पुलिस क्लबले फाइनलमा एपीएफलाइ पराजित गर्दै उपाधी जित्दा गुल्शनले चार विकेट लिनुभएको थियो ।
गुल्शनको पहिलो राष्ट्रिय प्रतियोगितानै मेयर्स कप थियो । बन्द प्रशिक्षणमा रहनुभएका तीव्रगतिका वलर कमलसिंह ऐरी र स्पिनर साहब आलम बाहिरिनुभएको छ । रोहित पौडेल, शरद भेषावकर, पवन सरार्फ र विक्रम सोबले राष्ट्रिय टिममा पुनरागमन गर्नुभएको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको टोलीमा दिपेन्द्र सिहं ऐरी, आशिफ शेख, आरिफ शेख, सोमपाल कामी, कुशल मल्ल, अभिनास बोहरा, विनोद भन्डारी, संदिप लामिछाने, कुशल भुर्तेल, करण केसी, पवन सरार्फ र शुसन भारी हुनुहुन्छ ।
नेपालले भदौ २८ देखी असोज चार गते सम्म हुने त्रिकोणात्मक सिरिजमा घरेलु टोली ओमान र अमेरिका संग दुई-दुई खेल खेल्नेछ । त्यसअघि नेपालले भदौ २० र २३ गते पपुवा न्युगिनी संग दुई ए एकदिवशीय अन्तर्राष्ट्रिय खेल खेल्ने तालिका छ । डेढ वर्ष अघि नेपालले घरेलु मैदानमा लिगमा डेब्यु गरेको थियो । सो वेला ओमान संग दुई खेलमा पराजित भएको नेपालले अमेरिकालाइ दुवै खेलमा हराएको थियो । डेभ ह्वाटमोर नेतृत्वको नेपाली टोली आगामी मंगलबार ओमान जानेछ ।