काठमाडौं, भदौ ५। स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार ७५ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुबाट कुुल १३ हजार ७५ वटा स्वाब नमुनाको परिक्षण गर्दा उक्त संख्यामा संक्रमितहरु भेटिएका हुुन । यो समेत गरी नेपालमा हाल सक्रिय संक्रमितहरुको कुल संख्या ३९ हजार तीन सय २१ पुुगेको छ ।
यस अवधिमा कोभिड १९ को संक्रमणबाट थप ३० जनाको मृत्युु भएको छ । मन्त्रालयका अनुसार यो समेत गरी नेपालमा कोभिड १९ को संक्रमणबाट मृत्युु हुनेको कुल सख्याँ १० हजार चार सय ८५ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा देशभर दुई हजार तीन सय ८२ जना कोभिड १९ को संक्रमणबाट मुक्त भएकाछन् ।
यसैबिच काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा छ सय ६७ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । सो मध्ये काठमाडौं जिल्लामा चार सय ८३, ललितपुर जिल्लामा एक सय तीन र भक्तपुर जिल्लामा ८१ जना संक्रमितहरु थपिएको मन्त्रालयले जानकारी दिएको छ ।