काठमाडौं, भदौ ५। १३ औं दक्षिण एशियाली खेलकुद सागमा भ्रष्टाचार भएको महालेख परिक्षकको रिपोर्टबाट सार्वजनिक भएको छ । सामाग्री खरिदमा ठूलो आर्थिक अनियमितता भएको महालेखा परीक्षकको बार्षिक प्रतिवेदन देखाएको छ । सो प्रतिवेदनमा साग खेलकुदमा पाचँ गुणासम्म लागत अनुमान गरेर खेल सामाग्री खरिद गरेको भन्दै ठूलो प्रश्न खडा गरेको छ ।
राखेपले सागका बेला पर्याप्त कागजात समावेश नगरेर नै सामाग्री खरिद गरेको उल्लेख गरेको छ । सो प्रतिवेनमा साग प्रतियोगिता सञ्चालनमा एक अर्ब, २४ करोड ९९ लाख खर्च भएको छ । भने विशेष अवस्थाको सिर्जना देखाएर एक अर्ब एक करोड ३२ लाख ८७ हजार खेलकुद सामाग्री र दुई करोड ७८ लाख ६४ हजारको सेवा सोझै खरिद गरेको बताएको छ ।
त्यो मध्ये २३ करोड ४ लाख बराबरको खेल सामाग्री माग फारम गरेर बार्ताबाट छनोट भएको फर्मले सिधै खेल स्थलमा झार्ने र सोहि अनुसार सम्बन्धित खेल संघका मुख्य प्रशिक्षक तथा अध्यक्षले आवश्यकता गुणस्तर र परिणाम हेरी बुझिलिएको बताएको छ । तर निरिक्षण गर्दा स्पोर्टस किट्स, ट्रयाक सुट, जुत्ता, मोजा, झोला, टिसटर्स र रुपमा एक हजार सात सय सात सेट अझै मौज्यात रहेको प्रतिबेदनमा उल्लेख छ । जसमा खेलकुद समाप्त हुँदासम्म उक्त समान प्रयोग नहुँदा खरिदको औचित्य नभएको पुष्टि भएको महालेखाले दर्शाएको छ । यसको मतबल अनावश्यक सामनमा खर्चिएको देखिएको छ । सागका बेला आवश्यकता भन्दा बढि खरिद गरिएका सामाग्रिको प्रति शेट १२ हजारका दरले दुई करोड चार लाख ४८ हजार खर्चको तुक नभएको देखिएको छ ।
नेपाल ओलम्पिक कमिटी र भारतीय एक निजी कम्पनी बिच खेलकुदका सम्पुर्ण खेलको प्रत्यक्ष प्रशारणका लागि भएको आठ करोड रुपैयाँ अझैपनि असुल नभएको महालेखाको प्रतिबेदनमा उल्लेख छ । यस्तै एक भारतीय विज्ञापन एजेन्सीसँग भएको सम्झौता अनुसार परिषद्ले पाउनुपर्ने ५० प्रतिशत रकम अझै हात पार्न नसकेको भनिएको छ ।
यस्तै सम्बन्धित कागजात समावेश नगरेर परिषदमा सूचिकृत ३ राष्ट्रिय आपूर्तकको दररेटका आधारमा ४० करोड ९६ लाख लागतमा अनुमान स्विकृत गरेको र लागत अनुमानकै दरमा सामाग्री खरिद गरेको देखिएको बताएको छ । तर केहि खेलकुद सामाग्रीको नमूना परिक्षण गर्दा कबड्डी म्याटको बजार दर एक हजार सात सय रहेकोमा तीन हजारको लागत अनुमान तयार गरेको र इलेक्ट्रोनिक स्कोरबोर्डको सामान्य बजार दर २५ हजार रहेकोमा एक लाख ५० हजारको लागत अनुमान देखाएको उल्लेख छ । यस्तै बक्सिङ ग्लोभ्समा बजार दर तीन हजार आठ सय ५० रहेकोमा १५ हजार लागत अनुमान गरेर खरिद गरेको प्रतिवेदनमा उल्लेख छ ।
खरिद गरको खेल सामग्रीको ब्राण्ड, कम्पनी, उत्पादन भएको देश, आयात देश भएको देश लगायतको स्पेसिफिकेसन नखुलाई आपूर्तकले बिल पेस गरेको बताइएको छ ।