काठमाडौं, भदौ ६ । नेपाली समाजमा एउटा निकै नै प्रचलित भनाई रहेको छ । ऋण लागेपनि दिन नलागोस, हात हातहुट्टा सद्धे रहे ऋण तथा कमाएर तिरौंला नि । सायद सरकारले पनि यही भनाईलाई आत्मसाथ गरेर होला ऋण लिन पछि नहटेको ।
महालेखा परिक्षकको ५८ औं बार्षिक प्रतिवेदन अनुुसार अहिले सरकारको टाउकोमा अर्थात महालेखा कार्यालयबाट प्राप्त ऋण हिसाब विवरणमा २०७७ आषाढ मसान्तमा नेपाल सरकारले तिर्न बाँकी कुुल ऋण १४ खर्ब १९ अर्ब ८७ करोड रुपैयाँ छ । सो मध्ये ५६ दशमलव ७७ प्रतिशत अर्थात आठ खर्ब छ अर्ब १४ करोड रुपैयाँ बाह्य ऋण रहेको छ भने ४३ दशमलव २३ प्रतिशत अर्थात छ खर्ब १३ अर्ब ७३ करोड रुपैयाँ आन्तरिक ऋण रहेको छ ।
महालेखाका अनुसार उक्त अधावधिक ऋण दायित्वमा बर्षान्तमा भएको विनियम नोक्सानीको कारण थप भएको रकम समेत समावेश रहेको छ । ऋण दायित्व गत बर्षको तुलनामा ३५ दशमलव ५३ प्रतिशत बृद्धि भई तीन खर्ब ७२ अर्ब २९ करोड रुपैयाँ पुुगेको छ । जुन कुुल ग्राहस्थ उत्पादनको ३७ दशमलव सात प्र्रतिशत रहेको छ । महालेखाका अनुसार यस्तो अनुपात २०७४-०७५ मा ३० दशमलव एक प्रतिशत रहेको थियो भने २०७५-०७६ मा ३० दशमलव तीन प्रतिशत रहेको छ ।