काठमाडौं, भदौ ६ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार नौ सय २० जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुबाट कुुल १२ हजार पाँच सय १६ वटा स्वाब नमुनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । यो समेत गरी देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार सात सय ५१ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणका कारण थप २४ जनाको मुत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड १९ को संक्रमणकारण मृत्यु हुुनेहरुको कुल संख्या १० हजार पाँच सय नौ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार दुुई सय ४८ जना कोभिड १९ को संक्रमणबाट मुक्त भएकाछन् । यो समेत गरी नेपालमा कोभिड १९ को संक्रमणबाट मुक्त हुनेहरुको कुल संख्या छ लाख ९८ हजार एक सय ७३ पुगेको छ ।