काठमाडौं, भदौ ७ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार आठ सय एक जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुबाट कुुल ११ हजार तीन सय २६ वटा नमुुनाको परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार तीन सय ५१ पुगेको छ ।
मन्त्रालका अनुसार पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप २४ जनाको मृत्युु भएको छ छ । यसैबिच पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप एक हजार नौ सय २४ जना संक्रमणमुक्त भएका छन् । काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा थप सात सय आठ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार यसदिन काठमाडौ जिल्लामा चार सय ४१, ललितपुर जिल्लामा एक सय ६७ र भक्तपुर जिल्लामा एक सय जनामा संक्रमण पुष्टि भएको हो ।