काठमाडौ, बैशाख ९
नेपाल बैंक लिमिटेड र काठमाडौ मल (दिवा सपना जेभी) बिच सम्झौता भएको छ । बैकका अनुसार उक्त मलका स्टलहरुमा नेपाल बैकको क्युु आर कोड सञ्चालन गर्ने र काठमाडौ मलको परिसरमा नेपाल बैंकको एटिएम सञ्चालन गर्ने बिषयमा सम्झौता भएको हो ।
सम्झौता अनुरुप काठमाडौ मलका व्यवसायीहरुलाई बैकले सहुलियत दरमा बिना धितो कर्जा पनि उपलब्ध गराउने बिषयमा पनि हस्ताक्षर भएको छ । सम्झौताामा बैंकका तर्फबाट प्रमुुख कार्यकारी अधिकृत कुष्ण बहादुर अधिकारी र काठमाडौ मल व्यवस्थापन कम्पनीका तर्फबाट प्रमुुख व्यवस्थापक बिष्णुुहरी ढकालले हस्ताक्षर गर्नुुभएको छ ।
बैकले देशभर रहेका दुुई सय पाँच वटा शाखा, ४१ एक्स्टेन्सन काउण्टर, एक सय ४६ वटा एटिएम सहित डिजिटल बैंकिङ्ग मार्फत् उच्चतम बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।