काठमाडौं, भदौ ८ । राष्ट्रिय गौरवका अधिकांश आयोजनाहरुका भौतिक तथा वित्तीय प्रगति सन्तोषजनक नरहेको पाइएको छ। मुआब्जा विवाद, जग्गा अधिग्रहण, सामाजिक र प्रक्रियागत जटिलता, जनशक्ति अभाव, मेशिनरी सामग्री अभाव, राजनीतिक प्रभाव लगायतका समस्या देखाँउदै राष्ट्रिय गौरवका अधिकांश आयोजनाहरुका भौतिक तथा वित्तीय प्रगति सन्तोषजनक नरहेको महालेखा परिक्षकको कार्यालयको ५८ औं वार्षिक प्रतिवेदनमा उल्लेख छ। प्रतिवदेनले अर्कोतर्फ २४ वटा राष्ट्रिय गौरवका आयोजनाहरुको लागत समेत बढेको बताएको छ।
यस्तो छ मुलुकमा रहेका २४ वटा राष्ट्रिय गौरवका आयोजनाको अवस्था
आर्थिक वर्ष २०४५/४६, आर्थिक वर्ष २०५७/५८ र आर्थिक वर्ष २०६४/६५ मा सुरु गरिएको क्रमशः बबई सिंचाई, पशुपति विकास कोष र पुष्पलाल मध्यपहाडी लोकमार्गहरुको भौतिक÷वित्तीय प्रगति क्रमशः ५२.१२ प्रतिशत, ८६ प्रतिशत र ४९ प्रतिशत रहेको छ। संशोधन सँगै समय र लागत थप गरे पनि आयोजनाको प्रगति सन्तोषजनक रहेको पाइदैन।
माहालेखा प्रतिवदेन अनुरुप १३ वर्ष बितिसक्दा पुष्पलाल (मध्य पहाडी) लोक मार्ग अयोजनाको भौतिक प्रगति ४९ प्रतिशत रहेको छ। कुल १५ वर्ष आयोजना अवधि रहेकोमा बाँकी समयमा अयोजना सम्भव नहुने देखिन्छ। हालसम्म ४६ अर्ब १४ करोड रुपैयाँ खर्च भएको आयोजनामा आर्थिक वर्ष २०७६/७७ मा मात्रै ६ अर्ब ७३ करोड खर्च भएको छ। प्रतिवेदनले नै तोकिएको समयमा आयोजना सम्पन्न हुने अवस्था नरहेको उल्लेख गरेको छ। त्यस्तै, सरकारले कुन अवधिमा सम्पन्न गर्ने भनेर नतोकेको रेल्वे तथा मेट्रो विकास आयोजनाको हालसम्मको भौतिक प्रगति २ प्रतिशत रहेको छ ।
हालसम्म १९ अर्ब ६८ करोड तथा आर्थिक वर्ष २०६७/७७ मा पाँच अर्ब ३९ करोड खर्च गरेको सो आयोजनाको लागि ४४ किलोमिटर रेलमार्ग सम्पन्न भएको छ। सरकारले रेल सञ्चालन एंव सुरक्षासम्बन्धी नीति एवम मापदण्ड तयार गरेको छैन। जग्गा अधिग्रहण, मुआब्जा निर्धारण, जनशक्ति अभाव लगायतको समस्याका कारण आयोजना अघि बढ्न नसकेको पाइएको छ।
उत्तर दक्षिण (कर्णाली करिडोर)ल लोकमार्ग अयाोजना को भौतिक प्रगति भने २० प्रतिशत रहेको छ । आयोजनाले हालसम्म खुलालु लैफु सिमिकोट १३० किलोमिटर, हिल्सा देखि सलिसल्ला ९५ किलोमिटर र सिमिकोट सलिसल्ला ३२ किलोमिटर ट्रयाक खोल्ने कार्य भइरहेको छ । हालसम्म दुई अर्ब ४६ करोड खर्च गरेको आयोजनाले आर्थिक वर्ष २०७६/७७ मा २२ करोड खर्च गरेको छ। निर्धारित समयमा आयोजना सम्पन्न हुन नसक्दा लागत र अवधि दुवै बढेको छ ।
१६२ किलोटिर उत्तर दक्षिण (कोशी करिडोर) लोकमार्ग आयोजनाको हालसम्म भौतिक प्रगति १९ प्रतिशत रहेको छ। हालसम्म तीन अर्ब चार करोड खर्च गरेको अयोजनाले आर्थिक वर्ष २०७६/७७ मा ६३ करोड खर्च गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न गर्ने लक्ष्य लिएको सो आयोजना तोकिएको समयमा सम्पन्न हुन सम्भव देखिदैन। सो आयोजनाको कार्य क्षेत्रको केहि खण्डमा रेखांकनको विवाद, विस्फोटक पदार्थको अभाव लगायतका समस्या रहेको छ।
हालसम्म छ अर्ब ३६ करोड रहेको उत्तर दक्षिण (काली गण्डकी करिडोर) लोकमार्ग आयोजनाको भौतिक प्रगति आर्थिक वर्ष २०७६/७७ सम्म २२ प्रतिशत रहेको छ। संशोधन सँगै आयोजनाको लागत र अवधि थप गरिएको छ। सो अनुसार काली गण्डकी करिडोर आयोजनाको सम्पन्न लागत २८ अर्ब ८० करोड लाग्ने र आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न हुने बताइएको छ। रुख कटानमा ढिलाई हुदाँ आयोजना अघि बढ्न सकेको छैन । आर्थिक वर्ष २०७६/७७ सम्म ५४.३ प्रतिशत भौतिक/वित्तीय प्रगति रहेको हुलाकी लोकमार्ग आयोजना २०७९/८० मा सम्पन्न गर्ने योजना रहेको छ। आर्थिक वर्ष २०७६/७७ मा सात अर्ब ८७ करोड खर्च गरेको आयोजनाको उपलब्धि सन्तोषजनक रहेको छैन। सो आयोजनामा पनि मुआब्जा वितरण, निर्माण सामाग्रीको अभाव, रेखांकन, सीमा लगायतका विवाद रहेको छ।
त्यस्तै, आर्थिक वर्ष २०७६/७७ सम्म १३ अर्ब १३ करोड खर्च गरेको राजनी जमरा कुलरीया सिचाई आयोजनाको भौतिक/वित्तीय प्रगति ४८ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब ५९ करोड खर्च गरेको सो आयोजना आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ। रुख कटा, राष्ट्रिय निकुञ्ज, निर्माण अवरोध लगायतको समस्या रहेको देखिन्छ। आर्थिक वर्ष २०७६/७७ सम्म १६ अर्ब ६९ करोड खर्च गरेको सिक्टा सिचाई आयोजनाको भौतिक/वित्तीय प्रगति ४८ प्रतिशत रहेको छ।
आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब पाँच करोड खर्च गरेको सो आयोजना आर्थिक वर्ष २०७७/७८ मा सम्पन्न गर्ने लक्ष्य लिए पनि आयोजना अघि बढ्न सकेको छैन। आर्थिक वर्ष २०७६/७७ सम्म आठ अर्ब ४९ करोड खर्च गरेको बबई सिंचाई आयोजनाको भौतिक/ वित्तीय प्रगति ५२.१२ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०७६/७७ मा ८४ करोड खर्च गरेको सो आयोजना आर्थिक वर्ष २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ भने आर्थिक वर्ष २०७६/७७ सम्म ८७ करोड खर्च गरेको पशुपति क्षेत्र विकास कोषको भौतिक/वित्तीय प्रगति ८६ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०७६/७७ मा १६ करोड खर्च गरेको सो आयोजना आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ।
त्यस्तै, आर्थिक वर्ष २०७६/७७ सम्म पाँच अर्ब ५१ करोड खर्च गरेको लुम्बिनी क्षेत्र विकास कोषको आयोजनाको भौतिक/वित्तीय प्रगति ८५ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०७६/७७ मा ७१ करोड खर्च गरेको सो आयोजना आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ। आर्थिक वर्ष २०७६/७७ सम्म तीन अर्ब ६४ करोड खर्च गरेको महाकाली सिचाई आयोजनाको भौतिक/वित्तीय प्रगति १०.५१ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०७६/७७ मा ५७ करोड खर्च गरेको सो आयोजना आर्थिक वर्ष २०८४/८५ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ। आर्थिक वर्ष २०७६/७७ सम्म ११ अर्ब ६३ करोड खर्च गरेको भेरी बबइ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको भौतिक/वित्तीय प्रगति ४० प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब २९ करोड खर्च गरेको सो आयोजना आर्थिक वर्ष २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आर्थिक वर्ष २०७६/७७ सम्म ३६ अर्ब २० करोड खर्च गरेको बुढी गण्डकी जलविद्युत् आयोजनाको भौतिक/वित्तीय प्रगति १० प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७६/७७ मा पाँच अर्ब ८२ करोड खर्च गरेको सो आयोजना आर्थिक वर्ष २०८४/८५ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ। आर्थिक वर्ष २०७६/७७ सम्म २६ करोड खर्च गरेको सुनकोशी मरीन डाइभर्सन आयोजनाको भौतिक/वित्तीय प्रगति ०.५ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०७६/७७ मा दुई करोड खर्च गरेको सो आयोजना आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ।
आर्थिक वर्ष २०७६/७७ सम्म ४६ अर्ब २३ करोड खर्च गरेको मािथल्लो तामाकोशी आयोजनाको भौतिक/वित्तीय प्रगति ९९.४ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब खर्च गरेको सो आयोजना आर्थिक वर्ष २०७६/७७ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ। पश्चिम सेती जल विद्युत आयोजना भने हालसम्म सुरु हुन सकेको छैन । आर्थिक वर्ष २०६७/६८ मा सुरु गरेको सो आयोजनाको कुल लागत अनुमान दुई खर्ब ७३ अर्ब ८५ करोड गरिए पनि आयोजना सुरु हुन सकेको छैन । आर्थिक वर्ष २०७६/७७ सम्म ११ अर्ब २९ करोड खर्च गरेको पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल आयोजनाको भौतिक/वित्तीय प्रगति ६२ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०७६/७७ मा सात अर्ब ६८ खर्च गरेको सो आयोजना आर्थिक वर्ष २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
आर्थिक वर्ष २०७६/७७ सम्म ६१ करोड खर्च गरेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको भौतिक/वित्तीय प्रगति १० प्रतिशत रहेको छ। आर्थिक वर्ष २०७६/७७ मा आठ करोड खर्च गरेको सो आयोजना आर्थिक वर्ष २०८५/८६ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ भने आर्थिक वर्ष २०७६/७७ सम्म २३ अर्ब एक करोड खर्च गरेको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल आयोजनाको भौतिक/वित्तीय प्रगति ९१ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब ६३ करोड खर्च गरेको सो आयोजना आर्थिक वर्ष २०७६/७७ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ।
त्यस्तै आर्थिक वर्ष २०७६/७७ सम्म २९ अर्ब ४८ करोड खर्च गरेको मेलम्ची खानेपानी आयोजनाको भौतिक/वित्तीय प्रगति ९७ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब ८३ करोड खर्च गरेको सो आयोजना आर्थिक वर्ष २०७७/७८ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आर्थिक वर्ष २०७६/७७ सम्म २० अर्ब २९ करोड खर्च गरेको काठमाडौं तराई मधेश द्रुतमार्ग आयोजनाको भौतिक वित्तीय प्रगति ११.११ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब ९१ करोड खर्च गरेको सो आयोजना आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
आर्थिक वर्ष २०७६/७७ सम्म नौ अर्ब २१ करोड खर्च गरेको राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति आयोजनाको भौतिक/वित्तीय प्रगति ९.६१ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब ४१ करोड खर्च गरेको सो आयोजना आर्थिक वर्ष २०९३/९४ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ र आर्थिक वर्ष २०६७/६८ मा सुरु गरिएको विद्यु प्रशारण आयोजनाको कुनै पनि काम अगाडि बढ्न सकेको छैन। आयोजनाको लागत अनुमान भने ७५ अर्ब गरिएको छ।
नेपाल सरकारले २०६८/६९ मा समृद्ध नेपालको आधारशीला निर्माण गर्ने सिँचाई सुविधा मार्फत् कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउने पुर्वाधारको विकास गर्ने उद्देश्यले महत्वपूर्ण देखिएका १७ आयोजनाहरुलाई उच्च प्राथमिकतामा राखीका कार्यन्वयन गर्न राष्ट्रिय गौरवका आयोजना घोषण गरेकोमा आर्थिक वर्ष २०७६/७७ सम्म यस्ता अयोजनाको संख्या २४ पुगेको छ। आयोजना अगाडि बढाउन नचाहने नेतृत्व तहका कारण आयोजनाहरु सम्पन्न हुन नसकेको पाईन्छ। महालेखाले आफनो प्रतिवेदनमार्फत् अधिकांश आयोजनाहरुको कमीकमजोरी औंल्लाएको छ।