काठमाडौं, भदौ ८ । महामारीका कारण व्यवसायीहरुले आम्दानी गर्न सकेका छैनन् । जसका कारण कैयनले बैंकको ब्याज र किस्ता तिर्न सकेका छैनन् । तर यस्तो बेलामा पनि बैंकहरुको खराब कर्जामा भने गिरावट आएको देखिएको छ ।
नेपाल राष्ट्र बैंकले महामारीका कारण ऋण तिर्न नसकेका व्यवसायीहरुको ऋणलाई पुनर्तालिकिकरण गर्ने सुविधा दिएको छ । अर्थात ऋणीहरुले ऋण तिर्ने समयलाई लम्ब्याउने छुट दिएको छ । त्यस्तै ब्याजलाई सावाँमा गाभ्ने अर्थात पुनसंरचना गर्ने छुट पनि दिएको छ । जसका कारण बैंकहरुको खराब कर्जा नबढेको देखिएको हो ।
२७ वटा वाणिज्य बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार २२ वटा बैंकहरुको खराब कर्जा गत वर्षको तुलनामा झनै घटेको देखिएको छ ५ वटा बैंकहरुको खराब कर्जामा भने बृद्धि भएको छ तर यति ठूलो महामारीका बिचमा पनि कुनै पनि बैंकको राष्ट्र बैंकले तोकेभन्दा माथि खराब कर्जा देखिदैन ।
राष्ट्र बैंकले यस्तो खराब कर्जा ५ प्रतिशत माथि नघाउन नहुने व्यवस्था गरेको छ । अहिले बैंकहरुको खराब कर्जा दुई प्रतिशतको आसपासमा रहेको देखिन्छ । गत वर्षको असारमा २ठ वाणिज्य बैंकहरुको खराब कर्जा १ दशमलव सात तीन प्रतिशत रहेकामा अहिले त्यो घटेर १ दशमलव तीन छ प्रतिशत कायम भएको छ । अर्थात गत वर्षको तुलनामा र महामारीकै बिचमा बैंकहरुको खराब कर्जा शुन्य दशमलव तीन पाँच प्रतिशतले गिरावट भएको छ ।
त्यस्तै गत असोजमा खराब कर्जा १ दशमलव छ एक रहेकामा पुषमा आएर यो केहि बढेर एक दशलमव छ आठ कायम भएको थियो । त्यसैगरी चैतमा आएर यो एक दशमलव तीन आठमा झरेकामा अहिले अर्थात गत असार मसान्तसम्ममा एक दशमलव तीन छ कायम भएको छ ।
महामारीका बिचमा पनि प्रभु नेपाल बैंक सिभिल एनसीसी राष्ट्रिय वाणिज्य कृषि विकास सनराइज हिमालयन बैंक अफ काठमाडौं जस्ता बैंकहरुको खराब कर्जामा उच्च मात्रामा गिरावट आएको छ । यता सिटिजन्स बैंकको खराब कर्जा गत वर्षको असार मसान्तको तुलनामा १ दशमलव दुई-दुई स्ट्याण्डर्ड चार्टडको शुन्य दशलमव पाँच दुई, लक्ष्मी बैंकको शुन्य दशमलव एक सात, मेगाको शुन्य दशमलव एक एक र माछापुच्छ्रे बैंकको खराब कर्जा शुन्य दशमलव एक शुन्यले घटेको छ ।