Kath khabar
कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै लिन संसदीय समितिको निर्देशन

काठमाडौं, भदौ ८। संसदको शिक्षा तथा स्वास्थ्य समितिले भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा लिन निर्देशन दिएको छ । मंगलबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिमा तत्काल परीक्षा गराउन निर्देशन दिएको हो । 

बैठकमा शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समिति सभापति जयपुरी घर्तीले कोभिड १९ विरुद्धको खोप दिएर भौतिक उपस्थितिमा परीक्षा संचालन गर्न निर्देशन दिनुभएको छ ।

यसैबीच कोभिड संक्रमणको जोखिम रहेको भन्दै स्थगित भएको कक्षा १२ को परीक्षा भौतिक उपस्थितमै लिने तयारी भएको शिक्षा मन्त्रालयले जानकारी दिएको छ । शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर दशैँअघि भौतिक उपस्थितिमै परीक्षा लिने तयारी भइरहेको जानकारी दिनुभयो । 

३ लाख ९६ हजार विद्यार्थी १८ वर्षमाथि रहेकोले उनीहरूका लागि कोभिड दिन सकिने मन्त्रालयको भनाई रहेको छ। यसका लागि स्वास्थ्य मन्त्रालयसँग समन्वय समेत भइरहेको छ।

प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update