काठमाडौं, भदौ ८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाल पछिल्लो २४ घण्टामा थप दुुई हजार पाँच सय २५ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालाहरुबाट कुुल १४ हजार आठ सय १० जनाको नमुना परिक्षण गर्दा उक्त संख्यामा संक्रमितहरु भेटिएकाहुन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको कुल संख्या ३८ हजार दुुई सय ५० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भने नेपालमा थप ३५ जनाको कोभिड १९ को संक्रमकाकारण मृत्यु भएको छ । यस अवधिमा देशभर दुई हजार ८६ जना संक्रमणमुक्त भएकाछन ।
यसैबिच काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा छ सय ८९ जना कोभिड संक्रमित थपिएका छन् । सो मध्ये काठमाडौं जिल्लामा पाँच सय १८ जना, ललितपुर जिल्लामा एक सय १९ र भक्तपुर जिल्लामा ५२ जना संक्रमितहरु थपिएको मन्त्रालयले जानकारी दिएको छ ।