काठमाडौं, भदौ ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा आली र प्रस्तावित नेकपा (समाजवादी एकीकृत) का अध्यक्ष माधवकुमार बीच विवाद देखिए सँगै एमालेमा तेस्रो धार जन्मियो । ओलीले तीन वर्ष सत्ता सम्हाल्दा देखाएको अहमका कारण नेता माधवकुमार नेपाल, झलनाथ खनाल, रामकुमारी झाँक्री लगायतले विरोध जनाँउदै अघि बढ्ने क्रममा नयाँ पार्टी गठनको बहस समेत बल्झियो । अझ भनौ नयाँ पार्टी जन्मने तयारीमा समेत पुग्यो । सोहि अवस्थामा एमालेका केहि नेता पार्टीलाई फुटाउन नहुने निष्कर्षमा पुग्दै त्यसका लागि दौडधुप गरे मेहेनत गरे कि गरेनन् सो कुरा उनीहरु आफैं जानुन, किनकी नेपाली राजनीति र राजनीतिज्ञ निषकंलक छैनन् ।
यसरी एमाले एक भइरहन पर्छ भन्नेमा उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु भीम आचार्य, योगेशकुमार भट्टराई, गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतका नेताहरु हुनुहुन्थ्यो । यसरी माधव र ओली दुवै पक्षलाई ल्याउनको लागि मेहेनत गर्नुभएका उहाँहरुको मेहेनत सफल हुन सकेन । अन्तत नेता नेपाल पक्षले प्रस्तावित नेकपा (समाजवादी एकीकृत) गरे पश्चयात उहाँहरु ओली र नेपाल पक्षमा सहभागी नभई एमाले एकीकृत गर्नका लागि भन्दै तेस्रो धारको रुपमा जन्म लिन पुगे ।
सुरुमा ओली सत्तामा हुँदा उहाँको कामकारबाहीलाई लिएर हाल तेस्रोधार बन्नुभएकाहरुले सीमित असन्तुष्टि बाहिर ल्याउनुभएको थियो । ओलीसत्ताबाट बार्हिगमनको समयमा भने केही नेताहरुले ओली अंहमको अत्याधिक विरोध समेत गर्नुभएको थियो । ओली र माधव पक्षबीच छुटका लागि जुहारी चल्दा भने तेस्रो धारले दुवै पक्षलाई मिलाउनको लागि निक्कै मेहनेत गर्दै उहाँहरु अर्थात् उपाध्यक्ष, उपमहासचिव र सचिवहरु नेपाल पक्षमा रहेको समेत जनाएका थिए । तर, नेपाल पक्षले नयाँ प्रस्तावित पार्टीको लागि निर्वाचन आयोग जाँदा उहाँहरु मौन बस्दै सहमतिका लगि प्रयासरत हुनुहुन्थ्यो ।
आज दुई दिन मात्र हुँदै छ ओली सँगको सहमत भएको त्यसपछि भने एमाले स्थायी कमिटी बैठकमा उहाँहरु सहभागी हुनुभएको छ । ओलीको विपक्षीमा भन्दा पनि नेपाललाई साथ दिँदै हिडेका तेस्रो धारले आज एक्कासी स्थायी कमिटी बैठकमा जानुले विभिन्न प्रश्न खडा गरेको छ । ओलीको विरोध गर्दै आउनुभएकी शाक्यले वाग्मती प्रदेशको मुख्यमन्त्रीको नै जिम्मेवारी लिनुभयो ।
एमालेलाई एकजुट बनाई राख्नको लागि तेस्रोधार लागि परिरहेको भए जनताले उहाँहरु माथि विश्वास राख्ने थिए । तर, पछिल्लो घटनाक्रम ओलीसँगको छलफल पछि बैठकमा जानु र नेपाल पक्षको बैठकमा नजानुले तेस्रोधारलाई विश्वास गर्ने आधार समाप्त भएको छ । उहाँहरुले दुवै पक्षको भेलामा तत्काल नगई एकताको प्रयास जारी राख्नु आवश्यक थियो । सो प्रयासमा विफल हुँदा आफ्नो राजनीतिक अस्तित्व स्वीकार गर्दै आम निर्वाचन अघि भने एमालेको सिद्धान्त अनुरुप (माओ, स्टालीन)को विचारधारा अनुरुप अघि बढ्न सक्ने थिए ।