किर्तीपुर, वैशाख ९ । त्रिकोणात्मक टि-ट्वान्टी अन्तराष्ट्रिय सिरिजको लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ६९ रनको फराकिलो अन्तरले हराएको छ ।
किर्तीपुर स्थित त्रिवी मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुइ सय १७ रनको ठुलो योगफल बनायो । टि-ट्वान्टी क्रिकेट इतिहास नेपालले बनाएको यो दोस्रो ठुलो योगफल हो । यस अघि नेपालले त्रिवी मैदानमा १३ औँ दक्षिण एसियाली खेलकुद साग अन्तगर्त क्रिकेटमा भुटान विरुद्ध २ सय ३६ रनको योगफल बनाएको छ । अघिल्ला तीन खेलमा लगातार तीन अर्धशतक बनाएका कुशल भुर्तेल मात्र १६ रनमा बाहिरिए । ३३ रनमा एक विकेट गुमाएको अवस्थामा मैदान प्रवेश गरेका ज्ञानेन्द्र मल्लले अर्का ओपनर आसिफ शेखसँग मिलेर ७३ रनको बलियो साझेदारी गरि नेपाललाई विशाल योगफल तर्फ डोहोराएका थिए । ज्ञानेन्द्रले ४१ तथा आसिफले ४२ रनको योगदान गरे । दिपेन्द्र सिहं ऐरी ३३ रनमा आउट भएपछि सुस्त बनेको नेपालको पारी करण केसी आक्रमक ब्याटि दिपेन्द्र सिहं ऐरी ३३ रनमा आउट भएपछि सुस्त बनेको नेपालको पारी करण केसी आक्रमक ब्याटिङ पछि नेपालले आफ्नो टि-ट्वान्टी क्रिकेट इतिहासकै दोस्रो ठुलो योगफल बनायो। मलेसियाका बलर धिभेन्द्रन मोगनलाई उनले एकै ओभरमा चार छक्का प्रहार गरेका थिए ।
उनले मात्र १३ बलमा सात छक्का मद्धतमा ४५ रनको आक्रमक पारी खेलेका हुन । बलिङमा फित्री साम अनवर रहेमान तथा सहिद अजिजले समान दुइ दुइ विकेट लिए । जवाफमा दुइ सय १८ रनको विशाल लक्ष्य पछाएको मलेसिया अन्तिम ओभरको पहिलो बलमा सबै विकेट गुमाइ एक सय ४८ रनमा समेटियो । अमिनुदिन राम्लीले सर्वाधिक ४१ रन बनाए । सोमपाल कामीले सूरुवाती दुइ विकेट लिएपछि दबाबमा आएको मलेसियाका ब्याट्सम्यान कम रनमा पेभेलियन फर्किए । बलिङमा सन्दिप लामिछाने, सोमपाल र आजको खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेको कमल सिंह ऐरीले तीन तीन विकेट लिए ।