ललितपुर, भदौ १० । करीब ६५% कृषिमा आश्रित हाम्रो देशमा कृषि र पशुपालन व्यवसायको प्रबद्र्धन र आवश्यक दक्ष जनशक्ति स्वदेशकै माटोमा उत्पादन गर्ने उद्देश्यले वि.सं. ०५३ सालमा प्रा. शिक्षा तथा तालिम परिषद् (CTEVT) बाट स्वीकृति लिई खुलेको Technical Training and Research Institute (TTRI), सो समयदेखि हालसम्म Vet JTA को दक्ष जनशक्ति उत्पादनमा अब्बल रहँदै आएको छ ।
ललितपुर महानगरपालिका वडा नं. ५ स्थित कुमारीपाटीमा रहेको यस प्रतिष्ठानले छोटो अवधिका कृषि तथा पशुपालनमा विषयका कार्यक्रम साथै पशुपालन र पशुस्वास्थ्य जे.टि.ए. र कृषि JTA विषय नियमित सञ्चालन गर्दै आईरहेको छ ।
देशमा दिनप्रतिदिन बढ्दै गइरहेको बेरोजगार समस्या र ग्रामीण तथा शहरी क्षेत्रबाट विभिन्न देशमा बसाईसराई र पलायन हुने युवा जनशक्तिलाई देशभित्रै परिचालन गर्न यस्ता प्राविधिक ज्ञान र सीप महत्वपूर्ण हुने कुरा प्रतिष्ठानका प्रिन्सिपल श्री निल ब.अधिकारी बताउनुहुन्छ ।
आर्थिक अवस्था कमजोर भएको र विकट क्षेत्रका गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको यस प्रतिष्ठानको मुख्य लक्ष्य : आधुनिक प्रविधि प्रयोग गरी कृषकहरुको जीवनस्तर उकास्नु, प्राक्रृतिक स्रोत साधनको समुचित सदुपयोग, नविनतम प्रविधि, ज्ञान र सीपको प्रयोगबाट कृषिजन्य तथा पशुपंक्षीको उत्पादन तथा उत्पादकत्वमा गुणात्मक सुधार गरी गरिबी न्युनिकरण तथा खाद्य सुरक्षामा नेपाल सरकारलाई सहयोग पुर्याउने मुख्य लक्ष्य रहेको पनि प्रिन्सिपल श्री अधिकारीले बताउनुभयो ।
आफ्नै भवनमा विषयगत छुट्टाछुट्टै प्रयोगशाला, व्यवस्थित पुस्तकालय, वातावरण मैत्री कक्ष कोठा सहितको व्यवस्था भएको प्रतिष्ठानमा अनुभवि विशेषज्ञ, बरिष्ठ प्रशिक्षकहरुद्धारा अध्यापनरप्रशिक्षण दिंदै सर्वोत्कृष्ट नतिजा दिन सफल यस प्रतिष्ठानले बदलिदो परिस्थितिमा कृषि आधुनिकीकरण मार्फत देशकै अर्थतन्त्रमा टेवा पुर्याउने उद्धेश्य रहेको साथै सफलताको लागि आफूहरु लागिपरेको पनि उहाँले जोड दिनुभयो ।
हाल उक्त प्रतिष्ठानमा प्रि-डिप्लोमा, कृषि र बाली विज्ञान र पशु विज्ञान, जे.टी.ए मा SLC/SEE मा कुनै पनि ग्रेड ल्याएका छात्र छात्राहरुको लागि नयाँ सत्रको लागि भर्ना आव्हान गरिएको छ । भर्नाको फारम भर्ने समय २०७८ भाद्र २३ सम्म रहेको जानकारी पनि प्रिन्सिपल श्री अधिकारीले बताउनुभयो ।