काठमाडौं, भदौ १२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार आठ सय ५७ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुबाट कुुल १३ हजार एक सय ७६ जनाको नमुुना परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । यो समेत गरेर नेपालमा कुल सक्रिय संक्रमितहरुको संख्या ३६ हजार आठ सय ६६ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप २७ जनाको मृत्युु भएको छ । समेत गरी नेपालमा कोभिड १९ को संक्रमणकाकारण मृत्यु हुनेको कुुल संख्या १० हजार छ सय ९० पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा देशभर दुई हजार दुई सय २२ जना संक्रमणमुक्त भएकाछन् । समेत गरी नेपालमा कोभिड १९ को संक्रमणबाट मुक्त हुनेहरुको कुल संख्या सात लाख १० हजार चार सय ५२ पुगेको छ ।
यसैबिच काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा थप पाँच सय ४९ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । सो मध्ये काठमाडौ जिल्लामा तीन सय ७० जना, ललितपुर जिल्लामा एक सय १२ जनामा र भक्तपुर जिल्लामा ६७ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।