काठमाडौं, भदौ १३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार तीन सय ८८ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुबाट पछिल्लो २४ घण्टामा १० हजार दुुई सय ९७ वटा स्वाब नमुनाको परीक्षण गर्दा उक्त सख्यामा संक्रमितहरु भेटिएका हुन्। यो समेत गरी देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार सात सय ९६ पुुगेको छ ।
यस अवधिमा कोभिड १९ को संक्रमणका कारण थप २४ जनाको मृत्युु भएको छ । यो समेत गरी हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार सात सय १४ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट थप दुई हजार दुुई सय ६० जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा कोभिड १९ को संक्रमणबाट मुक्त हुनेहरुको कुल संख्या सात लाख १२ हजार सात सय १२ पुगेको छ ।
काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा चार सय ७८ जनामा कोेभिड १९ को संक्रमण पुष्टि भएको छ । सो मध्ये काठमाडौं जिल्लामा तीन सय १२, ललितपुर जिल्लामा एक सय १४ र भक्तपुर जिल्लामा ५२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।