नेपाली फुटबलले पाएको सफल कप्तान र कुशल खेलाडी हुन्् , बिराज मर्हजन । राम्रा खेलाडी । भनिन्छ राम्रा खेलाडीको सन्यास भने सोचे जस्तो हुँदैन । तर यस मामलामा भाग्यमानी देखिए काठमाण्डौँका रैथाने खेलाडी विराज । ठुलो माहोल । घर नजिकैको मैदान अथार्त त्रिपुरेश्व।रस्थित दशरथ रंगशालमा खेलाडी करियरको अन्तिम खेल । नेपालले फाइनलमा बंगलादेशलाई दुइ एक गोलले हराउँदै थ्रि नेसन्स कप जितेको बेला । दर्शकको ठुलो साथ । प्रधानमन्त्री लगायत देशका ठुला व्यक्तित्व लगाएत अभिभावकहरु प्रत्यक्षदर्शी बनेका बेला उनले सन्यास लिए । यसले पक्कै पनि विराजको सन्यास ठिक समयमा सहि ठाउँमा भयो भन्ने बुझ्न सकिन्छ ।
२०१९ मा नेपालले मलेसियासँग उसकै मैदानमा दुइ मैत्रीपुर्ण खेल खेलेपछि उनी टिम बाहिर रहे । तत्कालिन प्रशिक्षक योहान कालिनले उनको फिटनेसको समस्या देखाउँदै उनलाई टिमबाट निकालिएको पछि मात्र बताए । वर्ष दिन उनी रातो र निलो जर्सीबाट पर रहे । विराज भन्छन् यो समय उनको लागि कठिन थियो । ढल्कँदो उमेर । खस्कँदो खेल । उनको सुखद सन्यास एउटा डर मनमा गुम्सिकेको थियो । तर यति बेला पनि फुटसल खेल्थे जिम जान्थे । सुखद अन्त्यको आशालाई सत्यतामा बदल्न उनी हरसम्भव कोशिश गरिरहे । र अन्तत उनको यही वर्ष टिममा कम्ब्याक भयो । यस पटक प्रशिक्षकको भुमिका बाल गोपाल मर्हजन थिए । प्रशिक्षक मर्हजनले बताए अनुसार त्यती बेला बन्द प्रशिक्षणमा रहेका थिए । स्वीडेनका योहान कालिनले नेपाली फुटबलबाट राजिनामा दिएपछि कार्यबाहक प्रशिक्षकका रुपमा आएका मर्हजनले बन्द प्रशिक्षणमा रहेका खेलाडी मध्य २० जनाको फिटनेस राम्रो औषत थियो । लामो समय टिम बाहिर रहेका विराजको फिटनेस सन्तोषजनक । यसले उनी टिममा कम्ब्याक हुन कति मेहनत गरेका थिए भन्ने पुष्टि हुन्छ । उनी भन्छन् । कोभिडले लकडाउन भएको बेला म भने लक थिइन् । ब्याम गर्थे आफुलाई कसरी फिट राख्ने भन्ने मात्र थियो । कसरी टिममा फर्कने र सुखद सन्यास लिने उनको चाहना थियो ।
घरेलु मैदानमा हुने भनिएको विश्वकप छनौट अन्तगर्त तिन खेल मध्य कुनै एकलाई आफ्नो करियरको अन्तिम अन्तराष्ट्रिय बनाउने उनको सोच थियो । तर कोभिड नाइन्टिनको नियमका कारण अष्टे«लिया, जोर्डन र चाइनिज ताइपेइले नेपाल आउन मानेनन् । र नेपालमा चैत र जेष्ठमा हुने भनिएको खेल न्युट्रल भेन्युमा अनिश्चितकालका लागि सर्यो । र थ्रि नेसन्स कपको आयोजना भयो ।
यही उपयुक्त समय थियो । सफल कप्तान विराजको सन्यासका लागि ।
लक्की नम्बर तीन
विराज तीन नम्बरलाई लक्की चार्म मान्छ । तीस वर्ष कटेका विराजले ३ नम्बर जर्सी लगाएर घरेलु फुटबल र अन्तराष्टिय फुटबलमा टिमको प्रतिनिधीत्व गरेका छन् । २०१६ मा उनैको कप्तानीमा नेपाललले बंगबन्धु कप, १३ सागमा स्वर्ण र सोही वर्ष सोलीडारीटी कप जित्दै उपाधीमा ह्याटिक गर्यो । विपक्षी स्टाइकर सामु चटन जसरी उभिने बिराजले घरेलु लिगमा पनि तीन भिन्दा भिन्दै टिमबाट सहिद स्मारक ए डिभिजन लिगको तीन पटक उपाधी जितेका छन् । थ्रिस्टार, मनाङ मस्र्याङ्दी र मच्छिन्द्र लिग जित्नु सफलता नै मान्नुपर्छ । त्यो भन्दा बाहेक तीन दाजुभाइका कान्छा सदस्य हुन् उनी ।
सन्यासको क्षण
ऋाफ्नो करियकरको अन्तिम अन्तराष्ट्रिय खेलको जब अन्तिम सिटी बज्यो म मैदानमा थचक्कै बसे । ढोगे र अलिकती घााँस पनि खाए । मिजासिला विराजले ठट्याउली शैलीमा भने । तर वास्तवमै भावुक उनले त्यही नै गरेका थिए । खेलको ९० औँ मिनेटमा वैकल्पिक खेलाडीका रुपमा उनी मैदानमा प्रवेश गरेका थिए । मैदान प्रवेश गर्नु अघि उनी माहोल देखेर निकै भावुक भएका थिए ।उनको सम्मान स्वरुप समथर्कले रंगशालाको प्याराफिटमा राखेको ठुला ब्यानर , विराज विराज भन्दै चिचाइरहेका भरिभराउ दर्शकको माहोलले उनलाई भावुक बनायो । सबै तिर फर्किएर उनले हात हल्लाए । त्रिदेव गुरुङको स्थानमा मैदानमा छिरेका उनलाई किरण चेम्जोङले दिएको कप्तानी आर्मब्याण्ड रोहित चेम्जोङले लगाइदिए । ६ मिनेटमा उनले आफ्नो फ्लायास ब्याक देखिरहेका थिए । २००८ मा पोखरामा भएको मैत्रीपुर्ण खेलमा उनले पाकिस्तान विरुद्धको खेलमा वैकल्पिक खेलाडीको रुपमा अन्तराष्ट्रिय फुटबलमा पाइला टेकेका थिए । १२ वर्ष खेल्दा उनले ७४ पटक नेपालको प्रतिनिधीत्व गरे । उनी कति राम्रा खेलाडी हुन् भनेर यो तथ्यांकले पनि देखाउँछ । राम्रा नहूदा हुन् त सायदै यति धेरै पटक नेपालको प्रतिनिधीत्व गर्दैन थे ।
् मलाई आफ्नो खेलाडी करियरबाट कुनै गुनासो छैन । मिजासिला र सरल जिवन बाच्न रुचाउने विराजले अन्तराष्टिय करियरबाट सन्यास लिने क्रममा भने । म खुशी छु ।मैले जिवनमाजे पाएँ त्यो फुटबलबाट नै पाएँ । जति गरे फुटबलबाट नै गरेँ । अब मेरा सपना नयाँ युगले गर्नेछ ।
न्ोपाली फुटबललाइ पनि विराजबाट सायदै गुनासो रहनेछ । अनुसाशन मेहनती विराजको यो योग्दान नेपाली फुटबलले सँधै सम्झिनेछ ।