काठमाडौं, भदौ १४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप दुुई हजार दुई सय ९५ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुबाट कुल १६ हजार दुुई सय ३३ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार आठ सय ७४ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोभिड १९ को संक्रमणबाट थप १६ जनाको मृत्युु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो समय थप एक हजार आठ सय आठ जना कोभिड १९ को संक्रमणबाट मुक्त भएकाछन् ।
काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा थप नौ सय छ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । उक्त संख्या मध्ये काठमाडौं जिल्लामा छ सय ६५, ललितपुर जिल्लामा एक सय ३८ र भक्तपुर जिल्लामा एक सय तीन जनामा संक्रमण पुष्टि भएको छ ।