काठमाडौं, भदौ १६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप दुुई हजार ५२ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुबाट कुुल १४ हजार नौ सय ३५ जनाको नमुना परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो पटक थप भएका समेत गरी देशभर सक्रिय संक्रमितको कुल संख्या ३४ हजार एक सय ८९ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोभिड १९ को संक्रमणबाट २० जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार यो समेत गरी नेपालमा कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेहरुको कुल संख्या १० हजार सात सय ७० पुगेको छ । पछिल्लो २४ घण्टामा तीन हजार ३० जना संक्रमणमुक्त भएकाछन्।
काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा सात सय १९ जनामा संक्रमण पुष्टि भएको छ । सो मध्ये काठमाडौं जिल्लामा चार सय ७१, ललितपुर जिल्लामा एक सय दुई र भक्तपुर जिल्लामा एक सय ४६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।