Kath khabar
सगरमाथा इन्स्योरेन्स कम्पनी MUFC बिजयचोक युथ क्लबको इन्स्योरेन्स पार्टनर

काठमाडौँ, भदौ १७ । जारी ‘C' डिभिजन छनौट समूह ‘L' अन्तर्गत परेको MUFC बिजयचोक युथ क्लबले सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडलाई आफ्नो इन्स्योरेन्स पार्टनर घोषणा गरेको छ ।

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड सामान्य बीमा उद्योगमा नेपालकै पहिलो विदेशी संयुक्त कम्पनी हो । बिगत २५ वर्षदेखि यस कम्पनीले आफ्नो ग्राहकहरुलाई भौतिक घाटा विरुद्ध सुरक्षा र बीमासँग सम्बन्धित सबैभन्दा राम्रो सेवाहरु प्रदान गर्दै आएको छ ।

सगरमाथा इन्स्योरेन्स कम्पनीसँगको साझेदारीको बारेमा कुरा गर्दै, MUFC बिजयचोक युवा क्लबका प्रबन्धक बिवेक थापा भन्नुहुन्छ, ‘खेल र चोटपटक एउटै सिक्काको दुई पाटा हुन्, मैदानमा उत्रिसकेपछि जुनसुकै खेलाडीलाई सानोठूलो इन्जुरी हुन सक्छ । सगरमाथा इन्स्योरेन्स कम्पनीसँगको हाम्रो साझेदारीले खेलाडीहरुमा बोझ कम भएको र यसले उहाँहरुको आत्मविश्वास पनि बढाएको महसुस भएको छ । हाम्रो सम्पूर्ण टिम यस्तो विश्वसनीय खेल बीमा योजनाको लागि आभारी छ ।’

MUFC बिजयचोक युथ क्लब बीमा उद्योगबाट एक ठूलो नाम आकर्षित गर्न सफल भएको छ । आगामी दिनहरुमा नेपाली फुटबल डिभिजनको सिंढी चढ्ने लक्ष्य राखेका अन्य क्लबहरुको लागि पनि एक सकारात्मक संकेत हो ।

 

प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update