Kath khabar
लक्ष्मी बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत

काठमाडौं, भदौ १७ । लक्ष्मी बैंकद्वारा निष्काशित दुई अर्ब मूल्य बराबरको “८.५ प्रतिशत लक्ष्मी बैंक डिबेन्चर, २०८८” नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकृत भएको छ ।

सूचिकरण पश्चात सो ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा दोस्रो बजार कारोबार गर्न सकिनेछ । आज बिहिबार एक कार्यक्रमबीच सो ऋणपत्र सूचिकरण गर्ने सम्बन्धी सम्झौतापत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका निमित्त प्रमुखकार्यकारी अधिकृत निरन्जन फुयाल तथा लक्ष्मी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले हस्ताक्षर गर्नुभयो ।

 

प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update