सिभिल लघुवित्तको नयाँ शाखा कपिलवस्तुको तौलिहवामा
काठमाडौं, भदौ १७ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) ले कपिलवस्तुकोे तौलिहवामा थप १ वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको वित्तीय संस्थाले नयाँ खोलिएको शाखा कार्यालय सहित २९ जिल्लामा ६६ वटा शाखा कार्यालयहरुमार्फत लघुवित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ । साथै, संस्थाले आगामी दिनमा अन्य स्थानहरुमा समेत शाखा कार्यालयहरु सञ्चालनमा ल्याई लघुवित्तीय सेवाहरुको पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८ १६:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय