Kath Khabar
नेपालमा थप २००४ जनामा कोभिड १९ को संक्रमण पुष्टि 

काठमाडौं, भदौ १७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप दुुई हजार चार जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

मन्त्रालका अनुसार देशभरका प्रयोगशालाहरुबाट पछिल्लो २४ घण्टामा १० हजार छ सय ५८ जनाको पीसीआर परीक्षणका क्रममा एकहजार छ सय १९ जना र तीन हजार नौ सय ९२ एन्टिजेन परीक्षणका क्रममा तीन सय ८५ जना सहित कुुल दुई हजार चार जनामा संक्रमण पुष्टि भएको हो ।

यो समेत गरी नेपालमा कोभिड १९ बाट संक्रमित हुनेहरुको कुल संख्या आठ लाख ४८ हजार दुई सय आठ जना पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालका कोरोनाबाट ज्यान गुमाउनेहरुको कुुल संख्या १० हजार सात सय ८६ पुुगेको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार आठ सय ४६ संक्रमण मुक्त भएकाछन् । समेत गरी नेपालमा कोभिड १९ को संक्रमणबाट मुक्त हुुनेहरुको कुल संख्या सात लाख २१ हजार एक सय ८२ पुुगेको छ । 

काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा सात सय ९३ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । सो मध्ये काठमाडौ जिल्लामा पाँच सय ४१, ललितपुर जिल्लामा एक सय ५२ र भक्तपुर जिल्लामा एक सय जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update