काठमाडौं, भदौ १७ । सिद्धार्थ बैंकले कम्प्युटर हस्तान्तरण गरेको छ । बैंकका अनुसार भदौ १० गते बिहीबारको दिन ललितपुर नगरपालिका मंगलबजारस्थित आदर्श कन्या निकेतन माध्यमिक विद्यालयलाई छ थान कम्प्युटर सेट हस्तान्तरण गरेको हो । सो कम्प्युटर सेटहरुको सहयोग, बैंकको तर्फबाट वरिष्ठ प्रबन्धक प्रदिप पन्तले उक्त आदर्श कन्या निकेतन विद्यालयका प्रधानाध्यपक आनन्द ढुंगानालाई प्रदान गर्नभएको थियो ।
बालिकाहरुको शिक्षामा केन्द्रित भई स्थापना भएको आदर्श कन्या निकेतन माध्यमिक विद्यालयले प्रदान गर्दै आइरहेको शिक्षा प्रणालीलाई अझ बढी गुणस्तरीय र प्रविधिमैत्री बनाउनलाई बैंकले उक्त कम्प्युटर सेटहरु विद्यालयलाई आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो । यस अभियान अन्तगत यस विद्यालयका लगभग ३०० विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाको अवसर पु¥याउने र सार्वजनिक शिक्षा प्रणाली अझै सबल र सुदृढ हुने विश्वास बैंकले लिएको छ ।