काठमाडौं, भदौ १७ । इजरायल रोजगारीमा जान इच्छुक आवेदनकहरूको लिखित परीक्षाको मिति भदौ अन्तिम साता तोकिएको छ । दिउसो १ बजे सञ्चालन हुने परीक्षाको अवधि दुई घण्टाको हुनेछ ।
वैदेशिक रोजगार विभागले इजरायल रोजगारीमा जान इच्छुक आवेदनकहरूको पहिलो चरण लिखित परीक्षाको मिति भदौ २८ गते सोमाबार ताकिएको छ। विभागको अनुसार इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी निर्देशिका, २०७८ बमोजिमको अङ्ग्रेजी भाषाको लिखित परीक्षा भौतिक उपस्थती मै हुनेछ ।
परीक्षार्थीहरु परीक्षाको लागि तोकिएको समयभन्दा तीन घण्टा अगावै परीक्षा केन्द्रमा पुग्नुपर्ने व्यवस्था गरिएको छ। विभागले कोरोना महामारीको मध्यनजर गर्दै जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर परीक्षामा सहभागी भईदिन सहयोग गरिदिनका लागि समेत अनुरोध गरेको छ ।
परीक्षामा सहभागी हुन यसअघि अनलाइन आवेदन दिएर दरखास्त स्वीकृत भएको हुनुपर्नेछ । दरखास्त स्वीकृत भएको/नभएको जानकारी आवेदनकर्ताले अनलाइनमै ‘लग इन’ गरेर हेर्न सक्नुहुनेछ । परीक्षामा सहभागी हुन अनलाइनबाटै प्रवेशपत्र पाउनुको साथै त्यसै प्रवेशपत्रमा परीक्षा केन्द्रको जानकारी पनि उल्लेख हुने छ।
विभागका अनुसार परीक्षा केन्द्रको विवरण वैदेशिक रोजगार बिभागको वेबसाइट ‘डोफे डटकमम’ मा समेत हेर्न सकिनेछ । सरकारले इजरायल रोजगारीको लागि साउन १२ देखि ३२ गतेसम्म अनलाइन आवेदन दिन पाउने व्यवस्था गरेको थियो । त्यस क्रममा ९ हजार ६ सय ९९ नेपाली नागरिकहरूले आवेदन दिनु भएको थियो ।
यस अघि विभागले जारी गरेको बिज्ञप्तिमा इजरायलमा नेपाली नागरिकहरूलाई रोजगारी दिने विषय पूर्णतः योग्यता प्रणालीमा आधारित हुने मन्त्रालयले सूचनामा उल्लेख गरेको थियो । बिज्ञप्ति अनुसार मन्त्रालयको तर्फबाट सम्बद्ध कुनै पनि कानून विपरीतका कार्य एवं गतिविधिहरूमा संलग्न नहुन तथा कुनै प्रलोभनमा नपरी पूर्णरुपमा विभागबाट सम्प्रेषित सूचनामा मात्र आधारित हुन अनुरोध गरेको छ ।
यस्तैै, गैरकानूनी रुपमा रकम असुल गर्ने वा कानून विपरीतका कार्य गरी नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताको प्रतिकुल हुने कार्य हुने जोसुकै व्यक्ति वा संस्थाका सम्बन्धमा प्रचलित कानून बमोजिम भइजाने व्यहोरा समेत बताइएको छ।