नेपालमा थप १७५६ जनामा कोभिड १९ को संक्रमण पुष्टि
२३ जनाको मृत्युु, २२७४ जना संक्रमणमुक्त, काठमाडौं उपत्यकामा थपिए ६६७ जना संक्रमित
काठमाडौं, भदौ १८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार सात सय ५६ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयनका अनुसार देशभरका प्रयोगशालाहरुबाट १४ हजार तीन सय ३४ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
यस अवधिमा कोभिड १९ को संक्रमणबाट देशभर २३ जनाको मुत्य भएको छ । यो समेत गरी नेपालमा कारोना भाईरसका कारण अकालमा ज्यान गुमाउनेहरुको संख्या १० हजार आठ सय नौ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा भने छ सय ६७ जना संक्रमित थपिएकाछन् । जसमध्ये काठमाडौं जिल्लामा चार सय ६७ जना, ललितपुर जिल्लामा एक सय २९ जना र भक्तपुर जिल्लामा ७१ जना संक्रमितहरु थपिएका हुुन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८ १८:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय