टोकियो पाराओलम्पिक : पलेशा गोवर्धन सेमिफाइनलमा
काठमाडौं, भदौ १८ । तेक्वान्दो खेलाडी पलेशा गोवर्धन जापानमा जारी टोकियो पाराओलम्पिक २०२० को सेमिफाइनलमा प्रवेश गर्नुभएको छ । ‘रिपिचेज’को क्वार्टरफाइनलमा अमेरिकी खेलाडी ब्रियान्ना सालिनारालाई १०–० ले पराजित गदै सेमिफाइनलमा पुग्नु भएको हो । के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहको प्रतिस्पर्धामा उहाँले सालिनारालाई पराजित गर्नुभएको हो।
पहिलो खेलमा भने गोर्वधन बेलायती खेलाडी बेथ मुनरोसाग पराजित हुनु भएको थियो। के४४ विधाअन्तर्गत ५८ केजीमुनि तौलसमूहमा उहाँ मुनरोसागसँग २१–८ अंकको अन्तरले पराजित हुनु भएकी हो । उहाँले तीनै राउन्डमा मुनरोमाथि चुनौती पेस गर्न सक्नु भएन। पहिलोपल्ट पारा ओलम्पिकमा समावेश गरिएको तेक्वान्दोको स्पर्धा भने बिहीबार सुरु भएको हो ।
प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८ १९:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय