Kath khabar
टोकियो पाराओलम्पिक : कास्य पदकको प्रतिस्पर्धामा पलेशा गोवर्धन झिनो अंकले पराजित  

काठमाडौं, भदौ १८ । जापनामा जारी पारा टोकियो ओलम्पिक २०२० मा नेपाली खेलाडी पलेशा गोवर्धनले पारा ओलम्पिकमा कांस्य पदक जित्न सक्नु भएन । चीनकी युजी लीसँग १२–९ को झिनो स्कोरमा पराजित भए सँगै उहाँले कास्य पदक जित्नुबाट चुक्नु भएको हो। 

कास्य पदकको लागि भएको प्रतिस्पर्धाको सुरुआती राउण्डमा पलेशाले ४–२ को अग्रता बनाउनु भएको थियो । दोस्रो राउण्डमा चिनियाँ लीले ५–० को स्कोर बनाउँदा समग्रमा ७–४ ले अगाडि रहनु भयो।  अन्तिम तथा तेस्रो राउण्डमा ५–५ को बराबरी स्कोर गरे पनि पलेशाले समग्रमा पदक जित्त सक्नु भएन।

उहाँले फल गरे सँग खेला युजीको पक्षमा गएको थियो। प्रतिस्पर्धाको क्रममा पेलशाले चार पटक फल गर्नुभएको थियो । १८ वर्षिया पलेशाले ‘रिपिचेज’को क्वार्टरफाइनलमा अमेरिकी खेलाडी ब्रियान्ना सालिनारालाई १०–० ले पराजित गदै सेमिफाइनलमा पुग्नु भएको थियो। के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहको प्रतिस्पर्धामा उहाँले सालिनारालाई पराजित गर्नुभएको हो। 

पहिलो खेलमा भने गोर्वधन बेलायती खेलाडी बेथ मुनरोसाग पराजित हुनु भएको थियो । के४४ विधा अन्तर्गत ५८ केजीमुनि तौलसमूहमा उहाँ मुनरोसागसँग २१–८ अंकको अन्तरले पराजित हुनु भएकी हो । उहाँले तीनै राउन्डमा मुनरोमाथि चुनौती पेस गर्न सक्नु भएन । पहिलोपल्ट पारा ओलम्पिकमा समावेश गरिएको तेक्वान्दोको स्पर्धा भने बिहीबार सुरु भएको हो । 

पलेशाले यअसघि अन्तराष्ट्रिय प्रतियोगितमा भने पदक जिती सक्नु भएको छ। हालम्म ६ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी पलेशाले कांस्य पदक भने जित्नु भएको छ। उहाँले  सन् २०१८ मा भियातनाममा भएको एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा कांस्य जित्नु भएको हो ।

 
 

प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८  १९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update