काठमाडौं,बैशाख १२ । राष्ट्रिय क्रिकेट टिमले ११ वर्ष पछि घरेलु भुमिमा उपाधी उचालेको छ । नेदरल्याण्ड्समाथि फाइनलमा किर्तीमानी एक सय ४२ रनको विशाल जित हात पारी घरेलु टोली नेपालले त्रिकोणात्मक टि–ट्वान्टी अन्तराष्ट्रिय सिरिजको उपाधी हात पारेको हो ।
किर्तीपुरस्थित त्रीवी मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३८ रनको विशाल योगफल हात पार्यो । नेपालले मात्र ३० रन बनाउँदा पहिलो विकेट गुमाएको थियो ।
त्यसपछि मैदानमा आउनुभएको कप्तान ज्ञानेन्द्र मल्लले ३३ रन बनाउनु भयो । ओपनर कुशल भुर्तेलले ७७ रनको अर्धशतकिय पारी खेल्नुभयो । ५३ बलको सामना गर्दा उहाले ८ चौका र तीन छ्रक्का प्रहार गर्नुभएको थियो । साथै कुशलको यो डेब्यु सिरिजमा चौथो अर्धशतक हो ।
कुशल मल्लले २४ बलमा आक्रमक पारी खेली ५० रनको योगदान गर्नुभयो । यस्तै विस्फोटक ब्याटिङ गर्नुभएको दिपेन्द्र सिहं ऐरी १८ बलमा ४८ रन बनाएपछि नेपालले २ सय ३८ रनको विशाल योगफल खडा गरेको हो ।
यो नेपालको टि–ट्वान्टी इतिहासकै सर्वाधिक ठुलो स्कोर हो । जवाफमा २ सय ३९ रनको विशाल योगफल पछाएको नेदरल्याण्डस १७ दशमलब दुइ ओभरमा सबै विकेट गुमाएर मात्र ९६ रनमा समेटियो ।
नेदरल्याण्ड्सका लागि सेबास्टियन बा्रटले सर्वाधिक २६ रन बनाए । नेदरल्याण्ड्सका ८ खेलाडीले दोहोरो रन बनाउन सकेनन् । बलिङमा करण केसीले तीन कमल सिंह ऐरी र सन्दिप लामिछानेले समान दुइ विकेट लिए पछि नेदरल्याण्डस सस्तैमा समेटिएको हो ।
२०१९ मा १३ औँ दक्षिण एसियाली खेलकुद अन्तगर्त क्रिकेटमा नेपालले भुटानलाई एक सय ४१ रनले पराजित गरेको थियो । नेदरल्याण्डसको पनि यो सर्वाधिक ठुलो रन अन्तरको हार हो । प्रतियोगिताको सर्वो्रत्कृष्ट खेलाडी कुशल भुर्तेल घोषित हुनुभएको छ । उहाँले पाँच खेलमा चार अर्धशतक सहित २ सय ७८ रन बनाउनु भएको थियो ।