काठमाडौं, भदौ १९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार दुई सय ६८ जनामा कोरोनाा भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुबाट नौ हजार आठ सय ७५ वटा स्वाब नमुनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । यो समेत गरी देशमा सक्रिय संक्रमितको संख्या ३१ हजार आठ सय २६ पुगेको छ ।
यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा नौ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । यो समेत गरी कोभिड १९ को संक्रमणबाट अकालमा ज्यान गुमाउनेहरुको कुल संख्या नेपालमा १० हजार आठ सय १८ पुुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा देशभर दुई हजार एक सय ९५ जना संक्रमणमुक्त भएकाछन् । यो समेत गरी कोभिड १९ को संक्रमणबाट मुक्त हुनेको संख्या सात लाख २५ हजार छ सय ५१ पुगेको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा थप तीन सय ८६ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । सो मध्ये काठमाडौ जिल्लाामा दुुई सय ८९, ललितपुरमा ५३ जना र भक्तपुरमा ४४ जनामा संक्रमण पुष्टि भएको हो ।