काठमाडौ, बैशाख ११
काठमाडौंको डिल्लीबजारमा शनिबारदेखि १२ थरी मःमः रेरष्टुरेन्ट संचालनमा आएको छ । २५ वर्षका दुई युवाले ३० लाख रुपैयाँ लगानीमा यो रेष्टुरेन्ट खोल्नु भएको हो ।
पोखरामा होटल संचालन गर्दे आउनुभएको आग्रह अर्याल र लक्ष्मी समूहको जागिर छोड्नु भएका सुनिम मैनालीले खोल्नुभएको यो रेष्टुरेन्टमा १२ थरीका मःम पाइन्छ, अर्यालको पोखराको लेकसाइडमा क्राउन हिमालय होटल छ, अर्याल र मैनाली स्कुले साथी हुनुहुन्छ ।
’हामी १२ वर्षदेखि सम्पर्कमा छौं । पहिलेदेखि आफ्नै व्यवसाय सरु गर्ने योजना बनाएका थियौं । खाजाकोरूपमा हाम्रो देशमा मःमः नै पहिलो प्राथमिकतामा छ । हामीले आफ्नो आउटलेट मार्फत विशेष गरी विभिन्न प्रकारका मःमः को स्वादमा ल्याउने प्रयास गरेका छौं,’ अर्यालले भन्नुभयो ।
रेष्टुरेन्ट खोल्नु अगाडि उहाँहरुले मुलुकका विभिन्न शहरमा सञ्चालित प्रख्यात रेष्टुरेण्टमा मःमःको स्वाद लिनुभएको थियो । डिल्लीबजारमा पाँच सय स्क्वायर फिट क्षेत्रफलको आउटलेट छ । एकपटकमा २६ जना ग्राहकले सहजै सेवा लिन सक्ने आउटलेटमार्फत टेक अवे र होम डेलिभरी सेवा लिन सक्ने सञ्चालक मैनालीले बताउनुभयो । उहाँका अनुसार अनलाइन डेलिभरीका लागि फूडमाण्डूलाई आवद्ध गरिएको छ ।
हालको अवस्थालाई मध्यनजर गर्दै आउटलेटमा स्वास्थ्य सुरक्षा अवलम्बनसँगै रकम भुक्तानीका लागि क्युआर कोड प्रणाली लागू गरिने उहाँले जानकारी दिनुभयो । सुरुवाती चरणमा हाम्रो रेष्टुरेन्टमा १५० रुपैयाँमै ग्राहकले विभिन्न प्रकारको मःमःको स्वाद लिन सक्नेछन्,’ उहाँले भन्नुभयो ग्राहकले अनलाइन अर्डर र डिजिटल पेमेन्ट गर्ने पनि सुविधा हुनेछ ।
रेष्टुरेन्टमा कोदो, फापर, ग्रीन, चिज लगायत विभिन्न थरीका मःमः पाइनेछ ।’ अहिले फापर र कोदोलाई स्वास्थ्यवर्धक मानिँदै आइएको छ । हामीले यी दुई प्रकारका मःमःलाई अझै प्राथमिकतामा राखेका छौं,’ उहाँले भन्नुभयो । ’ओपनिङमा हामीले सबै प्रकारका मःमः १५० रुपैयाँमा बिक्री गर्ने योजना छ । अलि पछि हामीले मेनु सार्वजनिक गर्छौं ।
प्रत्येक परिकारमा तीन थरीको अचार ’चटनी’ राखिएको उहाँले जानकारी दिनुभयो । ग्राहकले झोल मःमःमा भने गुन्द्रुक र तामाको झोलसहितको भिन्न स्वाद लिन सक्नेछन् । रेष्टुरेन्टमा मःमः सँगै सफ्ट ड्रिंक्स, फ्रेञ्च फ्राइ, चिकेन विङ्स लगायतको परिकार पनि राखिएको उहाँले जानकारी दिनुभयो । पहिलो ब्रान्च सञ्चालनमा आएसँगै तत्काल थप एउटा आउटलेट विस्तार गर्ने योजना छ ।