Kath khabar
कुमारी पार्टीमा खुल्यो पियोर स्टाइलिस्ट ब्युटी होम, बरिष्ट ब्युटिसियन सोनीद्धारा उद्घाटन

काठमाडौं, भदौ २० । पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टर नयाँ आउटलेटका साथ ललितपुरको कुमारीपाटीमा खोलिएको छ । यो पार्लर यसअघि ललितपुरको नटोलमा रहेको थियो । यो नयाँ आउटलेटलाई चर्चित ब्युटिसियन रिना अवालेले स्थापना गर्नुभएको हो ।

बरिष्ट ब्युटिसियन सोनी कारँजितले शनिबार मध्यान्नमा पाटनको कुमारीपार्टीमा खुलेको नयाँ आउटलेट पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको रिवन काटेर उद्घाटन गर्नुभयो । बरिष्ठ ब्युटिसियन सोनी कारँजितले उद्घाटनका क्रममा रिना यस अघिको पार्लर भन्दा अहिलेको पार्लर सुविधा सम्पन्न भएको भन्दै यसले कस्टुमरलाई अझ बढी सुविधा दिने बतााउनुभयो । रिना आफैंमा सफल र प्रतिभाशाली ब्युटिसियन भएकाले यो पार्लरको अन्य शाखा पनि खुलोस् भन्दै उहाँले सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

रिना बिगत लामो समयदेखि हेयर स्टाईलिस्ट र ब्युटिसियनको रुपमा लोकप्रिय रहनुभएको छ । यो नयाँ ब्युटी होमको स्थापनाको १० औं वार्षिक उत्सबको अबसर पारेर ललितपुरको कुमारीपाटीमा खोलेको उहाँले बताउनुभयो । अहिलेको पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टर सबैकुराले सुविधा सम्पन्न रहेको पनि उहाँको भनाई थियो । अबै सबैलाई ब्युटी सम्बन्धी सेवा र ब्युटिसियन सम्बन्धि, बेसिक, एड्भान्स, डिप्लोमा तालिम लिन यही पार्लरमा पनि उहाँले अनुरोध गर्नुभयो ।

यस्तै बरिष्ठ ब्युटिसियन रुस्का श्रेष्ठले पानसमा बक्ति बालेर पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको शुभारम्भ भएको घोषणा गर्नुभयो । ब्युटिसियन रिना अवाले ब्युटी क्षेत्रमा आफ्नो विधार्थी रहेको र विधार्थीले यती भव्य र सुविधा सम्पन्न पार्लर खोलेर प्रगति गर्दा आफुलाई साह्रै खुसी लागेको रुस्काले बताउनुभयो ।

सो उद्घाटन समारोहमा अग्रज ब्युटिसियनहरु रचना महर्जन शाक्य, रेणु रानामगरले पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टर र सो पार्लरकी अध्यक्ष रिना अवालेलाई सफलताको शुभकामना दिनुभयो । सो उद्घाटन पछि पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरबाट तर्फबाट केही व्यक्तिलाई सम्मान गरिएको थियो । पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरका सहयोगी, विज्ञापनदातालाई मायाँको चिनो प्रदान गरिएको थियो । सोही क्रममा १० औं वर्षको अवसर पारेर काटेर पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको सफलता सेलिब्रेसन गरियो ।

 

प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update