काठमाडौँ, भदौं २० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ८९ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुबाट कुुल सात हजार नौ सय ७१ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो पटक थप भएका समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या ३१ हजार दुुई सय ४८ पुुगेको छ ।
यस अवधिमा कोभिड १९ को संक्रमणबाट थप २० जनाको मृत्युु भएको छ । मन्त्रालयका अनुसार यो समेत गरी नेपालमा कोभिड १९ को संक्रमणबाट ज्यान गुमाउनेहरुको कुुल संख्या १० हजार आठ सय ३८ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा एक हजार पाँच सय ३४ जना संक्रमणमुक्त भएका छन् ।
यसैगरी काठमाडौँ उपत्यकामा भने पछिल्लो २४ घण्टामा चार सय ५३ जना संक्रमित थपिएकाछन् । सो मध्ये काठमाडौँ जिल्लामा दुुई सय ८८, ललितपुर जिल्लामा ९८ र भक्तपुर जिल्लामा ६७ रहेको मन्त्रालयले जानकारी दिएको छ ।