Kath Khabar
नेपालमा थप १८९७ जनामा कोभिड १९ को संक्रमण पुष्टि

काठमाडौं, भदौ २१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार आठ सय ९७ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुबाट कुुल १५ हजार नौ सय ७९ जनाको नमुना परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । यो समेत गरी नेपालमा सक्रिय संक्रमितहरुको कुल संख्या ३० हजार नौ सय ७३ पुुगेको छ । 

यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप २० जनाको मृत्युु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणबाट मृत्युु हुुनेहरुको कुुल संख्या १० हजार आठ सय ५८ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार सात सय ४३ जना कोभिड १९ को संक्रमणबाट मुक्त भएकाछन् ।

काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा छ सय छ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । सो मध्ये काठमाडौं जिल्लामा चार सय १८, ललितपुर जिललामा ८७ र भक्तपुर जिल्लामा एक सय एक जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । यो समेत गरी काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या सात हजार पाँच सय २३ पुगेको मन्त्रालयले जानकारी दिएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update