काठमाडौं, भदौ २१ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आईक्यान) ले बोटलर्स नेपाल (तराई) लिमिटेड (बीएनटीएल) लाई जेनेरल सेक्टर (अन्य) श्रेणी अन्तर्गत “बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) २०२० अवार्ड” बाट सम्मानित गरेको छ । उत्कृष्ट प्रस्तुतीकरण, विस्तृत प्रकटीकरण र आर्थिक बर्ष २०७६/७७ को वार्षिक रिपोर्टको प्रस्तुतीमा उत्कृष्टताका लागि यो प्रतिष्ठित सम्मान प्रदान गरिएको हो । बोटलर्स नेपाल लिमिटेड (बीएनएल) लाई गत बर्ष पनि आईसीएएनले त्यही श्रेणीमा उप-विजेताकोरुपमा पुरस्कृत गरेको थियो ।
कर्पोरेट प्रशासन र अनुपालन बोटलर्स नेपाल (तराई) लिमिटेडको डीएनएमा आन्तरिक प्रक्रियाहरु र स्थापित पद्धतिको एक परिणामको रूपमा स्थापित रहेका छन् । बोटलर्स नेपाल (तराई) लिमिटेडको विश्वास छ कि उपभोक्ताहरु, आपूर्तिकर्ताहरु, र शेयरधारकहरु सहित सबै सरोकारवालाहरु संग सम्बन्ध बनाइराख्नु निकै महत्वपूर्ण छ । २०२० को लागि बीपीए अवार्ड कर्पोरेट प्रशासन र अनुपालन मापदण्ड दुबै बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडद्वारा लागू गरिएको प्रमाण हो ।
यही भदौ १३ गते आईसीएएनले आयोजना गरेको एक समारोहमा यो अवार्ड सम्मानित इन्स्टिट्युट अफचार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आई.सी.ए.एन) का अध्यक्ष सीए मदन शर्माले राजीव टन्डन, कन्ट्री फाइनान्स म्यानेजर र अशोक मण्डल, बोटलर्स नेपाल लिमिटेडका फाइनान्स कन्ट्रोलरलाई प्रदान गरेका हुन् ।
यस अवार्डका बारेमा बोल्दै बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भन्नुभयोे,“बोटलर्स नेपाल (तराई) लिमिटेड आईक्यानद्वारा सम्मानित हुन पाउँदा निकै गर्वान्भित भएका छौं । म सम्पूर्ण टीमप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु जसले हाम्रो पेय पदार्थलाई नेपालीहरुको दैनिक जीवनको एक अहम हिस्सा बनाउँदै सही ढंगले व्यापारको सञ्चालन गर्न लागि पर्नुभएको छ ।”