काठमाडौंं, भदौ २२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार छ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुबाट कुल १५ हजार ३४ जनाको नमुना परिक्षणा गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
यस अवधिमा कोभिड १९ को संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार यो समेत कोभिड १९ को संक्रमणबाट नेपालमा ज्यान गुमाउनेहरुको कुल संख्या १० हजार आठ सय ७९ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप दुई हजार ७२ जना संक्रमणमुक्त भएकाछन् । मन्त्रालयका अनुसार यो समेत गरी नेपालमा कोभिड १९ को संक्रमणबाट मुक्त हुनेको संख्या सात लाख ३१ हजार पुगेको छ । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा भने पाँच सय १९ जना संक्रमित थपिएकाछन् । सो मध्ये काठमाडौं जिल्लामा तीन सय ६४ जना, ललितपुरमा ८९ जना र भक्तपुर जिल्लामा ६६ जना संक्रमित थपिएका हुन्।