काठमाडौं, भदौ २२ । नेपालमा पहिलो पटक भलिबलको फ्रेन्चाइजी लिग हुने भएको छ ।
पाल स्पोर्टस मेनेजमेन्ट एण्ड इभेन्ट्स प्राली एनएसइएमले महिला र पुरुष भलिबल लिग गर्न लागेको हो । आज नेपाल भलिबल संघ र एनएसइएम बीच १० वर्षको सम्झौता भएको हो । सम्झौता पत्रमा संघको उपाध्यक्ष निरोज मास्के र एनएसइएमकी आश्रयता कार्कीले हस्ताक्षर गर्नुभएको थियो ।
सम्झौता अनुसार २०३० सम्म एनएसइएमले हरेक वर्ष लिग आयोजना गरिनेछ भने प्रतियोगिताको नाम नेपाल सपर लिग भलिबल रहनेछ । सम्झौता अनुसार प्रतियोगितामा संघको प्राविधीक सहयोग रहने छ।
लिगको पहिलो सस्करण मंसिर एकबाट पुष दुई सम्म आयोजना गर्ने लक्ष्य रहेको आयोजकले बताएको छ । प्रतियोगितामा सातै प्रदेशलाई प्रतिनिधीत्व गर्ने पुरुष र महिला गरि सात-सात टिमले सहभागिता जनाउनेछन् । यो सम्झोैता पछि नेपाली भलिबलले व्यवसायिक्ता फड्को मार्ने संघले विश्वास लिएको छ।