Kath khabar
नेपाललाई ओडिआई सिरिजमा एक सुन्यको अग्रता : पपुवा न्युगिनीलाई नेपालले दुई विकेटले हरायो, विक्रम शोबको किर्तीमानी प्रदर्शन 

काठमाडौं, भदौ २२ । नेपालले, पपुवा न्युगिनी विरुद्धको पहिलो एकदिवशीय अन्तर्राष्ट्रियमा दुई विकेटको जित हात पारेको छ । यो जित पछि नेपालले दुई खेलको एक दिवसीय सिरिजमा एक सुन्यको अग्रता बनाएको छ । नेपालको प्रदर्शनमा विक्रम शोबले किर्तीमानी विकेट लिनुभयो । 

अल अमारत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पपुवा न्युगिनी ३३ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । नेपालका लागि विक्रम सोवले पहिलो सफलता दिलाउनु भयो । यसै खेल मार्फत ओडिआइमा डेब्यु गर्नुभएका तीव्र गतिका वलर विक्रम खेलको दोस्रो ओभरमा वलिङमा आउनुभएको थियो । उहाँले आफ्नो ओभरको पहिलो वलमानै पपुवा न्युगिनीका टोनी उरालाइ एक रनमा पवेलिन फर्काउनुभयो ।

यो संगै उहाँ ओडिआइमा डेब्यु वलमानै विकेट लिने पहिलो नेपाली खेलाडी बन्नुभएको छ । समग्रमा उहाँ २८ औं खेलाडी हुनुहुन्छ । विकेट सहित मेडन राख्दै विक्रमले ओडिआइ करियरको शानदार सुरुवात गर्नुभयो । दोस्रो सफलता पनि उहाँले दिलाउनु भएको थियो। विक्रमले आफ्नो दोस्रो ओभरमा ४ रन बनाएका पपुवा न्युगिनीका कप्तान अस्साद भालालाई पवेलियनको बाटा देखाउनुभयो । विक्रमले ६ वर्ष पछि राष्ट्रिय टिममा पुनरागमन गर्नुभएको हो ।

पाँच ओभर वल फाल्नुभएका उहाँले एक मेडन सहित दुई विकेट लिने क्रममा २० रन खर्चिनुभयो। संदिप लामिछानेले चार, कुशल मल्लले दुई र सोमपाल कामीले एक विकेट लिनुभयो । लेगा सियाकाले सर्वाधिक ३०, चाल्र्स अमिनीले २३ र गाउडी टोकाले २२ रन बनाउनुभयो । एक सय ३५ रनको झिनो लक्ष्य नेपालले ३९ दशमलब तीन ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो । पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरेको  नेपालले त्यसपछि भने लगालगी विकेट गुमाएको थियो ।

नेपालबाट पहिलो पटक ओडिआइ खेलेका ओपनरद्धय आशिफ शेखले ३० र कुशल भुर्तेलले १५ बनाउनुभयो । त्यसपछि आउनुभएका कप्तान ज्ञानेन्द्र मल्ल ६, आरिफ शेख ९ र शरद भेषवाकर ६ रनमा आउटमा हुनुभयो । त्यसपछि आउनुभएका रोहित प्यौडेलले ४१ रन प्रहार गरी नेपाललाई जित तर्फ डोहोराएका थियो । सोमपाल कामी २२ रनमा अविजित रहनुभयो । सिरिज अन्तगर्त नेपालले दोस्रो खेल शुक्रबार खेल्नेछ ।

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  १८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update