Kath khabar
नबिल म्युचुअल फण्डद्धारा सञ्चालित दुबै फण्डले गरे लाभांश घोषणा

काठमाडौं, भदौ २३ । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स फण्ड २ र नबिल इक्विटी फण्डले आफ्नो इकाईधनीहरुलाई आर्थिक वर्ष २०७७-०७८ को लागि लाभांश घोषणा गरेका हुन् । जस अन्र्तगत नबिल ब्यालेन्स्ड फण्ड–२ ले आफ्ना इकाईधनीहरुलाई ३५ प्रतिशत (कर सहित) र नबिल इक्विटी फण्डले ४० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

नबिल इन्भेष्टमेन्ट बैंकिङको सञ्चालक समितिको भदौ २२ गते बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । यी दुई फण्डहरुको कोष प्रर्वधक नबिल बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

 

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update