Kath khabar
इजरयाल जानेको लागि तोकियो ११ परिक्षा केन्द्र (हेर्नुहोस् परिक्षा केन्द्र)

काठमाडौं, भदौ २३ । वैदेशिक रोजगार विभागले इजरायल रोजगारीमा पठाउन छनौटका लागि लिइने अङ्ग्रजीको भाषाको परीक्षा केन्द्र तोकेको छ । विभागले बधुबार एक सूचना जारी गर्दै विभिन्न ११ वटा परीक्षा केन्द्र तोकेको हो ।

विभागले कलंकीस्थानमा रहेको एलआरआई विद्यालय, त्रिपुरेश्वरको विश्व निकेतन उच्च मावि, रानीपोखरीको दरबार विद्यालय साधारण, नयाँबानेश्वरको मदन भण्डारी मेमोरियल कलेज, कोटेश्वर सरस्वती मावि, कोटश्वर बहुमुखी क्याम्पस, गोठाटारको गान्धी आदर्श मावि, वसुन्धारको साउथ वेस्टर्न कलेज, नोबेल एकेडेमी, एम्बिसन एकेडेमी र बत्तिसपुतलीको गोल्डेनगेट इन्टरनेश्नल कलेजमा परीक्षा केन्द्र तोकेको छ ।

इजरायल रोजगारीको परीक्षा १०० पूर्णाङ्कको हुने भएको छ । उक्त रोजगारीको लागि इजरायल सरकारले अङ्ग्रजी भाषालाई प्राथमिकता दिएको छ । त्यसमा अङ्ग्रेजी भाषाको लिखित परीक्षाको पूर्णाङ्क ८० तोकेको छ भने ४० ल्याए उत्तीर्ण हुन सक्ने जनाएको छ । त्यस्तै दोस्रोमा बोल्ने र सुन्न सक्ने क्षमताका लागि २० अङ्क छुट्टाइएको छ ।

विभागका अनुसार इजरायल रोजगारीका लागि ९ हजार ६९९ जनाले आवेदन दिनु भएको छ । त्यसमध्ये आवेदन दिनेमा ५ हजार ४९९ जना पुरुष र  ४ हजार २ सय महिला हुनुहुन्छ । इजरायल सरकारले पहिलो चरणमा ‘केयर गिभर’लाई प्राथमिकतामा राखेर एक हजार जना श्रमिक लैजाने भएको हो । त्यसमध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष हुनुहुनेछ ।

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  १९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update