काठमाडौं, भदौ २४ । मेगा बैक नेपाल लिमिटेडले प्रबद्र्घन गरेको मेगाम्युचुअल फण्ड अन्तर्गत सञ्चालनहुने बन्दमुखी योजना “मेगा म्युचुअल फण्ड–१” को बाँडफाँड भएको छ । प्रति इकाई मूल्य १० रुपैयाँका दरले १० करोड ईकाई मध्ये न्यूनतम एक करोड ५० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाई कोष प्रवद्र्धक मेगा बैंक नेपाल लिमिटेडको लागि सुरक्षित राखि बाँकी न्यूनतम आठ करोड ५० लाख इकाईको सार्वजनिक निष्काशनमा सर्वसाधारण लगानीकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सामुहि कलगानी कोष इतिहासमा सबै भन्दा धेरै आवेदनको नयाँ कीर्तिमान कायम गर्दै एक लाख ६३ हजार छ सय ४६ आवेदकहरुबाट करिब २० करोड १४ लाख ५५ हजार छ सय बराबरको इकाई खरीदका लागि आवेदन परेको छ, जुन बिक्रीको लागि माग गरिएको आवेदन रकम भन्दा दुुई दसमलव ३७ गुणा बढी आवेदन परेको हो । माग भन्दा अधिक इकाईका लागि आवेदन परेकोले धितोपत्र बोर्डले जारी निर्देशिका बमोजिम कोषको कुल आकारको अधिकतम २५ प्रतिशत थप गरी प्रति इकाई १० रुपैयाँ दरको १२्र करोड ५० लाख इकाईहरु अर्थातरु एक अर्ब २५ करोड बराबरको योजनाको आकार निर्धारण गरी बाँडफाँड गरिएको छ । उक्त योजनामा सर्वसाधारण लगानीकर्ता र संस्थागत लगानीकर्ताको अनुपात ६१ः३९ कायम भएको छ ।
धितोपत्र बाँडफाँड सम्बन्धी निर्देशिका, २०७४ को निर्देशन ३० बमोजिम बाँडफाँड तालिका अनुसार रितपूर्वक प्राप्त आवेदन मध्ये एक सय इकाई देखि तीन लाख ५० हजार इकाईसम्म आवेदन माग गर्ने एक लाख ५५ हजार आठ सय ६४ जना आवेदकहरुलाई माग गरे बमोजिमइकाई बाँडफाँड गरिएको, पाँच लाख देखि एक करोड इकाईसम्म आवेदन गर्ने ३४ जना आवेदकहरुलाई चार लाख ३६ हजार तीन सय ३० इकाई बाँडफाँड गर्नुका साथै बाँकि रहेको दुई सय ९० इकाई ३४ जनामध्ये २९ जना आवेदकहरुलाई गोलाप्रथामार्फत थप १० इकाई बाँडफाँड गरिएको छ ।
मेगा क्यापिटल मार्केट्स लिमिटेड प्रति प्राप्तभएको यो विश्वासले हामीलाई अझै शसक्त ढंगले अगाडि बढ्न हौसला मिलेको छ र मेगाम्युचुअल फण्ड–१ प्रति देखाउनु भएको विश्वासको उच्च कदर र सम्मान गर्दै आउँदादिनहरुमा उच्च प्रतिफल, जोखिम व्यवस्थापन तथा उच्चस्तरिय सेवा प्रदानगर्न क्रियाशील रहने विश्वास दिलाउन चाहन्छौँ, कम्पनीले भनेको छ ।