Kath Khabar
मुटुरोगको जोखिम छ ?  यि कुरामा ख्याल गर्नुहोस्

१ धुम्रपान त्याग्ने

मुटुरोग लाग्नुको कारण धुम्रपान हो । यसले हृदयघात हुने जोखिम बढाउँछ । हृदयघात भइसकेको भए धु्रम्रमान छाडेमा अर्काे पटक हृदयघात हुने कम हुन्छ ।

२ उच्च रक्तचाप नियन्त्रण गर्ने

उच्च रक्तचापले हृदयघात र स्ट्रोक हुने  जोखिम बढाउँछ । त्यसैले उच्च रक्तचाप नियन्त्रण गर्नुपर्छ । रक्तचाप १३०÷८० भन्दा कम राख्नु हुन्छ ।

 ३ रगतमा कोलेस्ट्रोल नियन्त्रण गर्ने

रगतमा धेरै कोलेस्ट्रोल भएमा यसले पनि हृदयघात हुने जोखिम बढाउँछ । चिल्लो बोसो खासगरि स्याचुरेट फ्याटका कारण हृदयघात हुने संभावना हुन्छ ।

४ शारिरिक निष्क्रियता कम गरि सक्रियता बढाउने

शारिरिक रुपमा क्रियाशिल नभएको ब्यक्तिमा क्रियाशिल ब्यक्तिको भन्दा मुटुरोग लाग्ने संभावना बढि हुन्छ ।

५ बढि वा धेरै वजन घटाई आफ्नो  उचाई सुँहाउदो वजन कायम गर्ने

आफ्नो उचाई अनुसारको तौल कायम गर्न सक्नुपर्छ  । मोटोपनका कारण पनि हृदयघात हुनसक्छ ।

६ तेलयुक्त माछा सधै खाएमा मुटुरोग कम गर्न सकिन्छ

तेलयुक्त माछा खाएमा यसले मुुटुरोगलाई कम गर्छ । खासगरि ओमेगा ३ पोलिअनस्याचुरेटड फ्याट पाइन्छ ।

७ प्रशस्त मात्रामा फलफुल र सब्जी खाउ

फलफुल  र सब्जीले मुटुरोगलाई कम गर्छ । फलफुल र तरकारीको उपभोगले हृदयघातलाई कम गर्ने हुँदा यसको उपभोग जरुरी छ ।

८ मधुमेहको रोकथाम गरौ

चिनीरोगको नियन्त्रण गर्नु जरुरी छ । मधुमेह छ भने रगतको चिनी, रक्तचाप र कोलेस्ट्रोल कम गर्नस पर्छ ।

९ चिन्ता कम गरौ  

चिन्ताले पनि मुटुरोग बढाउँछ । त्यसैले चिन्ता कम गर्नु पर्छ ।

प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  २१:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update